Suvadin, Home

ब्यालोन डी’ओर २०१८ विजेता अाज घोषणा हुँदै, कसले जित्ला उपाधि?

'विश्वकपमा प्रदर्शन गरेको अाधारमा उपाधि दिने हो भने फ्रान्सका अाधा टोलीलार्इ उपाधि प्रदान गर्दा हुन्छ।'

एजेन्सी, १७ मंसिर  – विश्व फुटबलको प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर उपाधि पछिल्लो एक दशकसम्म लगातार मेस्सी र रोनाल्डोले जित्दै अाइरहेका छन्। उनीहरू ५–५ पटक ब्यालोन डी’ओर उपाधिबाट सम्मानित भइसकेका हुन्। तर, यसपटक ब्यालोन डी’ओरमा मेस्सी र रोनाल्डोको पकड हटेर नयाँ नाम सार्वजनिक हुने धेरैको विश्वास छ। यसपटक लुका मोड्रिच र विश्वकप विजेता राष्ट्रका खेलाडीहरूले उपाधि हासिल गर्नसक्ने सम्भावना पनि प्रवल छ।

ब्यालोन डी’ओर २०१८ को विजेताको नाम सोमबार राति फ्रान्सको राजधानी पेरिसमा कार्यक्रम गरेर सार्वजनिक गरिनेछ। फिफाका अध्यक्ष गियानी इन्फ्यनन्टिनोले भने, 'विश्वकपमा प्रदर्शन गरेको अाधारमा उपाधि दिने हो भने फ्रान्सका अाधा टोलीलार्इ उपाधि प्रदान गर्दा हुन्छ।' फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओर मा ३० खेलाडी मनोनयन परेका छन् जसलार्इ विश्वभरिका १८० पत्रकारहरूले भोट गर्न सक्नेछन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका क्रोएशियाका मोड्रीचलाई उपाधिको दावेदार मानिएको छ। त्यस्तै रियलका प्रशिक्षक सान्टियागो सोलारीले भने, 'मोड्रिच एक असाधारण क्षमता भएका खेलाडी हुन्। यो कुरा उनले रियल म्याड्रिडमा होस् या पूर्व क्लब र राष्ट्रिय टोलीमा सावित गरिसकेका छन्। मलार्इ लाग्छ कि उनी कठिन परिस्थितिमा हुर्केको हुनुपर्छ र त्यसैले उनलार्इ सफलता हासिल गर्न मद्दत गरेको हुन सक्छ।'

त्यस्तै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन्। रियलबाट ८ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्। त्यसपछि इंग्लिस क्लब लिभरपुलबाट सबैभन्दा धेरै ४ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्।

त्यसपछि बार्सिलोना, एट्लेटिको मड्रिड र पीएसजीबाट समान ३ खेलाडी मनोनयनमा पर्न सफल भएका छन्। इंग्लिस क्लब चेल्सी, म्यानेचस्टर सिटी, टोटेनहम र इटालियन क्लब युभेन्टसबाट समान दुई मनोनयनमा पर्न सफल हुदा म्यानचेस्टर युनाइटेडबाट एक खेलाडी अन्तिम ३० मा पर्न सफल भएका छन्।

विश्व फुटबलको प्रतिष्ठित अवार्ड सन् १९५६ देखि वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिदै आएको छ। २००७ मा ब्राजिली काकाले यो अवार्ड जितेयता लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुदै आएको छ। अवार्ड समारोह डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ। यसपटकदेखि महिलाको अवार्ड समेत वितरण गरिदैछ। महिलाको तर्फमा १५ जना महिला खेलाडी मनोनयनमा परेका छन् जसमध्ये ७ जना ल्योन, च्याम्पियन्स लिग, ब्राजिलकी मार्टा फिफाको उपाधि विजेता रहेका छन्। उनीहरूलार्इ ४५ जना पत्रकारले भोट गरेका छन्।
 


 

More form the Internet

loading...