Suvadin, Home
Nepal life 3.779M

डीपिएल सर्यो, यस्तो छ नयाँ खेल तालिका

पानीले धनगढीस्थित फाप्ला क्रिकेट मैदान हिलाम्मे भएपछि शनिबारको खेल खराब मौसमका कारण दुईदिन पछि धकेलिएको हो। यसअघि शुक्रबार सर्वाधिक धनराशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ।

कैलाली, २५ माघ – कैलालीको धनगढीमा शनिवारबाट शुरू भई फागुन ११ गतेसम्म चल्ने भनिएको प्रतियोगिता दुईदिन पछि धकेलिएको छ।

पानीले धनगढीस्थित फाप्ला क्रिकेट मैदान हिलाम्मे भएपछि शनिबारको खेल खराब मौसमका कारण दुईदिन पछि धकेलिएको हो। यसअघि शुक्रबार सर्वाधिक धनराशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो।

डीसीएका अध्यक्ष सुवास शाही र डीपीएलका सद्भावनादुत साउथ अफ्रीकी क्रिकेटर जोन्टी रोड्सले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिकीकरणका क्रममा डीसीएका अध्यक्ष शाहीले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको बताए।

प्रतियोगिताका विजेता टीमले नगद ३० लाख रुपैयाँसहित ट्रफी पाउने छन्। प्रतियोगिताको उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ।

नयाँ खेल तालिका यस्तो छः


 

More form the Internet

loading...