Suvadin, Home

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उनले यस्तो सद्भाव व्यक्त गरे। अध्यक्ष दाहालले नेपालको ऐतिहासिक जितले आफू र आफ्नो पार्टी खुशी भएको पनि बताएको उनको सचिवालयले जनाएको छ। 

काठमाडौँ, २२ माघ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिएका छन्। 

इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उनले यस्तो सद्भाव व्यक्त गरे। अध्यक्ष दाहालले नेपालको ऐतिहासिक जितले आफू र आफ्नो पार्टी खुशी भएको पनि बताएको उनको सचिवालयले जनाएको छ। 

देश समृद्धिको यात्रामा अघि बढेका बेला राष्ट्रिय एकतालाई मजबुत पार्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका निर्वाह गरेको उनको भनाइ थियो। अध्यक्ष दाहालले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने रङ्गशालाबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने बताए।

आफ्नातर्फबाट यो खेलको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्नेसमेत उनले बताए। अध्यक्ष दाहाललाई भेट्न पुगेका टोलीमा नेपाल क्रिकेट सङ्घका पदाधिकारी, प्रशिक्षक र कप्तान पारस खड्कासहित अन्य खेलाडीको सहभागिता थियो।युएइविरुद्ध एकदिवसीय र टि २० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोली विजयी भएको थियो।रासस


 

More form the Internet

loading...