Suvadin, Home

पदम तालिकामा नेपाली सेनाकाे अग्रता कायमै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्
साताै खेलकुद - यस्ताे छ साेमबार सम्मकाे पदक तालिका

काठमाडौं, पुस ११
पुर्वाञ्चलका विभिन्न जिल्लाहरूमा भइरहेकाे साताै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे साेमबार सम्म  दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेकाे छ । कुल दुई हजार एक सय ४२ पदकका लागि भइरहेको  प्रतियाेगिताकाे पदक तालिकामा साेमबार सम्म पनि नेपाली सेनाकाे बर्चस्व कायमै छ। त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

पदक तालिकामा नेपाली सेनाले ३६ स्वर्ण, २० रजत र १४ कास्य गरि कुल ७० पदक पाएकाे छ भने दाेस्राेमा रहेकाे नेपाल प्रहरी अार्मी भन्दा झण्डै २० पदकले पछाडी छ । प्रहरीकाे १७ स्वर्ण, १४ रजत र २१ कास्य गरि कुल ५२ पदक छ । यता अर्काे विभागीय टाेली सशस्त्र प्रहरी बल( एपिएफ) १२ स्वर्ण, ११ रजत र १९ कास्य गरि कुल ४२ पदकका साथ तेस्राे स्थानमा यथावत छ ।

पाँच विकास क्षेत्रहरू मध्ये भने मध्यमाञ्चलले ६ स्वर्ण, १४ रजत र १४ कास्य सहित कुल ३४ पदकका साथ चाैथाे स्थान बनाएकाे छ भने मध्यपश्चिमाञ्चल २ स्वर्ण, ११ रजत र ९ कास्य सहित २२ पदकका साथ तेस्राे स्थानमा छ । त्यस्तै सुदुरपश्चिमाञ्चल, पूर्वाञ्चल, र पश्चिमाञ्चल क्रमश: छैठाै, साताै र अाठाै स्थानमा छन् । 


 


 

More form the Internet

loading...