Suvadin, Home
Citizen Bank 440.5k

Cover Image

ए डिभिजन लिग : मनाङ मर्स्याङदी बन्याे च्याम्पियन

एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले आफ्नो ११ औं खेलमा दोस्रो स्थानको संकटा क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्‍यो। संकटाका खेलाडीले आत्मघाती गोल गरेपछि मनाङले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो।

काठमाडौं, १२ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लब च्याम्पियन बनेको छ। मनाङले आठौंपटक उपाधि चुमेको हो।

लिगमा अपराजित रहँदै ३३ अंक बनाएको मनाङले बिहीबार संकटा क्लबलाई पराजित गर्दै दुई खेल खेल्नुअघि नै उपाधि पक्का गरेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले आफ्नो ११ औं खेलमा दोस्रो स्थानको संकटा क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्‍यो। संकटाका खेलाडीले आत्मघाती गोल गरेपछि मनाङले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो।

 


 

More form the Internet

loading...