Suvadin, Home

मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

पाेखरामा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लब मैदानमा अामनेसामने हुने भएका छन्। अाहा-रारा गाेल्डकपमा यसअघि यी टाेलीहरू दुर्इ पटक आमने-सामने भएका छन्। दुवै खेलमा मनाङले संकटालार्इ पराजित गरेकाे छ। सन् २००५ र सन् २०१४ मा यी टाेलीहरू प्रतियाेगिताकाे क्वाटरफाइनलमा भिडेका थिए। 

काठमाडाैं, माघ १३


पाेखरामा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लब मैदानमा अामनेसामने हुने भएका छन्। अाहा-रारा गाेल्डकपमा यसअघि यी टाेलीहरू दुर्इ पटक आमने-सामने भएका छन्।

दुवै खेलमा मनाङले संकटालार्इ पराजित गरेकाे छ। सन् २००५ र सन् २०१४ मा यी टाेलीहरू प्रतियाेगिताकाे क्वाटरफार्इनलमा भिडेका थिए। मनाङले हालसम्म प्रतियाेगितामा ३९ वटा खेल खेलेकाे छ।

जसमा २९ मा जीत अाठमा हार र दुर्इ खेलमा बराबरी नतिजा निकालेकाे छ। संकटाले हालसम्म प्रतियाेगितामा खेलेका ६ वटा खेलमध्ये चारमा जीत र दुर्इमा हार बेहाेरेकाे छ।

बुधबार भएकाे पहिलाे सेमिफाइनलमा अायाेजक सहाराले त्रिभुवन अार्मी क्लबलार्इ पराजित गर्दै फाइनल यात्रा तय गरिसकेकाे छ। बिहीबारकाे दाेस्राे सेमिफाइनल विजेताले अायाेजक साहारासँग फाइनल खेल्नेछ। 


 

More form the Internet

loading...