Suvadin, Home

अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

काठमाडाैं, माघ ३


नेपालकाे सबैभन्दा लाेकप्रिय खेल हाे, फुटबल। यतिबेला देशैभरि विभिन्न स्थानमा फुटबलका गाेल्डकपकाे धमाधम अायाेजना भइरहेका छन्। सुदूरपश्चिम खप्तड गाेल्डकप सकिएकाे दुर्इ दिन बित्न नपाउँदै पाेखरामा अाहारारा गाेल्डकपकाे १५ अाै संस्करण अायाेजनाकाे घाेषणा गरिएकाे छ।

अाहारारा गाेल्डकप नेपाली फुटबलकाे प्रतिष्ठित प्रतियाेगिताहरूमध्येकाे एक हाे। विभिन्न कारणले चर्चामा अाइरहने प्रतियाेगिता यसपटक भने दर्शकलार्इ एक ताेला सुनकाे सिक्का र एलजी टेलिभिजन दिने कुराले चर्चामा छ। अायाेजक सहारा क्लबका अध्यक्ष वीरभद्र अाचार्यले भने, बिक्री भएका टिकटमध्येबाट अन्तिम दिन गाेला प्रथा गरि एकजना दर्शकलार्इ एक ताेलाकाे सुनकाे सिक्का तथा अर्काे एक जनालार्इ एलजी टेलिभिजन उपहार दिइनेछ।

खेलाडीकाे हाैसला बढाउन तथा खेलकाे गरिमा बढाउन दर्शककाे भूमिका मुख्य हुन्छ,’ अाचार्यले भने, ‘हामी प्रत्येक दिनकाे खेल अवलाेकन गरेरका दर्शकहरूबाट पनि एक जनालार्इ एकथान मार्इक्राेम्याक्स माेबाइल प्रदान गर्नेछाैं।

प्रतियोगिता अवलोकनका लागि एक हजार रुपैयाँको सिजनल टिकट, प्रि-क्वाटरफाइनलमा ६० रुपैयाँ, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय र फाइनल खेलको लागि एक सय ५० रुपैयाँ टिकट दर कायम गरिएको अायाेजकले जनाएकाे छ। पाेखरा रंगशालामा बुधबारबाट १५ अाैं संस्करणकाे अाहारारा गाेल्डकप सुरू हुँदैछ। माघ १५ गतेसम्म चल्ने गाेल्डकपमा देशभित्रका र बाहिरका १२ टोलीको सहभागिता रहने अायाेजकले जनाएकाे छ।

प्रतियाेगितामा नेपालका सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब तथा अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अायाेजक सहारा क्लबका महासचिव केशवराज बरालले बताए।

प्रतियोगिताको बिजेता टोलीले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने छन्। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ड्यास हिरो स्कुटर प्रदान गरिने भएकाे छ। बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही १५ हनार नगद पुरस्कार दिइने अायाेजकले जनाएकाे छ। त्यस्तै, प्रतियाेगिता अवधीभर सर्वाधिक गाेलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको उद्घाटन खेल अायाेजक सहारा क्लब र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबबीच हुनेछ भने प्रतियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार रुपैयाँ खर्च लाग्ने र एक करोड ७ लाख रुपैयाँ आम्दानीको अपेक्षा गरिएको अायाेजकले जनाएकाे छ।


 

More form the Internet

loading...