Suvadin, Home

एसी मिलानद्वारा सासुलो ४–१ ले स्तब्ध

मिलान ६ खेलबाट ९ अंक जोडेर सिरी ‘ए’ को १०औं स्थानमा उक्लिएको छ। पराजित सुसुलो ७ खेलबाट १३ अंकसहित पाँचौं स्थानमा यथावत छ। अपराजित रहेको युभेन्टस् ७ खेलबाट २१ अंक जोडेर सिरी ‘ए’ को शीर्ष स्थानमा छ।

काठमाडाैं, १५ असोज – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सासुलोलार्इ ४–१ गोलले पराजित गरेको छ। मिलानको सहज जितमा सुसोले दुई तथा फ्रान्क यान्निक किसे र स्यामुल क्यास्टिल्जोले समान एक गोल गरेका हुन्। पराजित टिमका लागि फिलिप जुरिसिसले सान्तना गोल फर्काए।

सुसुलोको घरेलु मैदानमा भएको खेलमा मिलानले फ्रान्क यान्निकको गोलमा पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। फ्रान्कले ३९औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा १–० ले अघि बढेको मिलानले दोस्रो हाफमा थप तीन गोल गर्न सफल हुदा एक गोल खाएको थियो।

५०औं मिनेटमा सुसोले गोल गरेपछि मिलानले खेलमा २–० को अग्रता बनायो। स्यामुलले ६०औं मिनेटमा गोल थपेपछि मिलानले ३–० को आरामदायी अग्रता बनाउदै खेलमा अघि बढ्यो। ६८औं मिनेटमा सुसुलोका फिलिपले एक गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए। तर, इन्जुरी समयमा सुसोले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै मिलानलाई ४–१ को सहज जित निकाल्न सफल भयो।

जितपछि मिलान ६ खेलबाट ९ अंक जोडेर सिरी ‘ए’ को १०औं स्थानमा उक्लिएको छ। पराजित सुसुलो ७ खेलबाट १३ अंकसहित पाँचौं स्थानमा यथावत छ। अपराजित रहेको युभेन्टस् ७ खेलबाट २१ अंक जोडेर सिरी ‘ए’ को शीर्ष स्थानमा छ।


 

More form the Internet

loading...