Suvadin, Home

कोस्टालाई बेच्नु कोन्टेको ठूलो गल्तिः विलियन

कोन्टेको हठमा क्लबबाट बाहिरिनु अघि स्पेनका अन्तर्राष्ट्रिय खेलाडी कोस्टाले स्टाम्फोर्ड ब्रिजमा रहेर दुई प्रिमियर लिग उपाधि समेत जितेका थिए। इटालियन प्रशिक्षक कोन्टेले कोस्टालाई टोलीमा बस्न आवश्यक नरहेको भन्दै संदेश पठाएपछि सेप्टेम्बरमा उनि एटलेटिको म्याड्रिड गएका थिए। त्यससमय एटलेटिको ट्रान्सफर प्रतिबन्धमा रहेका कारण कोस्टाले एटलेटिकोको टोलीमा खेल्न जनवरीसम्म प्रतिक्षा गर्नुपरेको थियो। कोन्टेको यस निर्णयप्रति असहमति देखाउँदै विलियनले प्रशिक्षकले गल्ति गरेको धारणा राखे।

काठमाडाैं, २३ साउन – चेल्सीका मिडफिल्डर विलियनले पछिल्लो सिजन एन्टोनियो कोन्टेले डिएगो कोस्टालाई टोलीबाट बाहिर पठाउने निर्णयको आलोचना गरेका छन्। कोन्टेको हठमा क्लबबाट बाहिरिनु अघि स्पेनका अन्तर्राष्ट्रिय खेलाडी कोस्टाले स्टाम्फोर्ड ब्रिजमा रहेर दुई प्रिमियर लिग उपाधि समेत जितेका थिए।

इटालियन प्रशिक्षक कोन्टेले कोस्टालाई टोलीमा बस्न आवश्यक नरहेको भन्दै संदेश पठाएपछि सेप्टेम्बरमा उनि एटलेटिको म्याड्रिड गएका थिए। त्यससमय एटलेटिको ट्रान्सफर प्रतिबन्धमा रहेका कारण कोस्टाले एटलेटिकोको टोलीमा खेल्न जनवरीसम्म प्रतिक्षा गर्नुपरेको थियो। कोन्टेको यस निर्णयप्रति असहमति देखाउँदै विलियनले प्रशिक्षकले गल्ति गरेको धारणा राखे।

एक टेलिभिजन च्यानलसंगको कुराकानीमा उनले भने, 'कोन्टेको डेभिड लुईज र कोस्टा दुवैसँग राम्रो सम्बन्ध थिएन। मलाई याद छ डिएगो कोस्टामाथि यो घटनाहुँदा म ब्राजिलको टोलीसँग अष्ट्रेलियामा थिए र कोस्टाले मलाई यो घटना बताएका थिए।'

विलियनले थपे, ’कोस्टाले मलाई आफू टोली छाड्न लागेको र प्रशिक्षक कोन्टेले टोलीमा उसको काम नरहेको कुरा गरेको बताए। डिएगो कोस्टा जस्तो खेलाडी गुमाउनु ठुलो गल्ति हो। त्यो एउटा अफ्ठ्यारो परिस्थिति थियो।’ 

चार वर्षको अवधिमा ला लिगा र युरोपा लिग विजेता तथा च्याम्पियन्स लिगको फाइनल पुगिसकेको क्लबमा फर्किनुअघि कोस्टाले इंग्लिस टोलीका लागि १२० खेलमा ५८ गोल गरेका थिए। चेल्सीले कोस्टा गुमाउनु गल्ति भएको धारणा दिने विलियन पहिलो व्यक्ति भने होइनन्। क्लबका महान् खेलाडी फ्रान्क लाम्पार्डले यसअघि नै यसविषयमा बोलेका थिए।


 

More form the Internet

loading...