Suvadin, Home

एपीएफ र न्यू डायमण्डको संयुक्त अग्रता

चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्यू डायमण्ड एकेडेमीले १२ औं ब्लू स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन्।

काठमाडौं, पुस २७


चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्यू डायमण्ड एकेडेमीले १२ औं ब्लू स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन्।

नयाँ बसपार्कमा मंगलबार एपीएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शीर्ष स्थानमा रहेको न्यू डायमण्डसँग अंक बराबरी बाँड्यो। चौथो दिनको
खेलमा एपीएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो। यद्यपि, लगातार तीन सेट २५–१२, २५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अंक बटुल्यो। एपीएफ र न्यू डायमण्डले ४ खेलबाट अपराजित रहदै समान १२ अंक बनाएका छन्।

यस्तै, आफ्नो पहिलो खेल गुमाएपनि दोस्रो खेलमा पश्चिमाञ्चलले सफलता हात पार्दै दुर्इ खेलबाट ३ अंक बटुल्यो। पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई २५–११,२५–३ र २५–८ को सोझो सेटमा हराउदै लिगमा पहिलो सफलता हात पार्यो।

त्यसैगरी अर्को विभागीय टिम नेपाल आर्मीले न्यू डायमण्ड स्पोट्र्स क्लबलाई २५–२२, २५–१७ र २५–१२ को सोझो सेटमा हराउदै तीन अंक जोडेको छ।

चितवनको जीत

चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चन्द्रागिरिको ठूलो ढुंगामा भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्यो। चितवनका लागि रविन्द्र श्रेष्ठले १ गोल गरे भने बाँकी २ गोल आत्मघाती गरेका थिए। उपाधिसँगै चितवनले १ लाख नगद पुरस्कार हात पार्यो भने आयोजक एकेडेमीले ५० हजार नगदमा चित्त बुझायो।

इमेज सेमिफाइनलमा

इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘बी’ को लिग खेलमा इमेजले रेडियो नेपाललाई ३–२ ले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो। सेमिफाइनल पुग्ने पहिलो टोली बनेको इमेजको जितमा अरुण बराल, पेम्बा लामा र म्यान अफ द म्याच योद्धा थापाले १–१ गोल गरे। रेडियो नेपालबाट प्रनित बस्नेत र रवि महर्जनले १–१ गोल फर्काए। तीन टिम रहेको समूह ‘बी’ मा यसअघि इमेजले अन्नपूर्ण पोष्टलाई हराएको थियो। प्रतियोगिता अन्तर्गत आज डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजन तथा एभिन्यूज र नेपाल टेलिभिजनबीच खेल हुनेछ।


 

More form the Internet

loading...