Suvadin, Home

उपाधी उचाल्ने सुदूरपश्चिम र एपीएफकाे दाबी

सुदूरपश्चिमकी कप्तान अञ्जली चन्दले फाइनलका लागि खेलाडीहरू तयार रहेकाे बताइन्। एपिएफ राम्राे टिम रहेका उल्लेख गर्दै चन्दले भनिन्, 'तर, हामीले पनि उनीहरूका खेलाडी अनुसारकै रणनीति बनाएका छाैं, हाम्रा खेलाडी फिट छन् र अात्मविश्वास पनि भरिएकाे छ।' त्यही भएर प्रतियाेगिताकाे उपाधि जित्ने उनकाे दाबी छ।
फाइनल पुगेकाे सुदूरपश्चिम महिला क्रिकेट टिम। तस्बिरः सुदूरपश्चिम टिम।

काठमाडाैं, फागुन २४ -  इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियाेगितामा बुधवार हुने फाइनलका लागि सुदूरपश्चिमाञ्चल महिला क्रिकेट टिम र शशस्त्र प्रहरी बल (एपीएफ) काे टिमले अा अाफ्नाे तयारी पुरा भएकाे जनाएकाे छ।

प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे पहिलाे सेमिफाइनलमा पश्चिमाञ्चललार्इ पराजित गर्दै सदूरपश्चिम र पूर्वाञ्चललार्इ पराजित गर्दै एपीएफ फाइनल प्रबेश गरेकाे हाे। डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा बुधवार हुने फाइलनका लागि अाफुहरू तयार रहेकाे दुवै टाेलीले जनाएकाे छ। 

हामी प्रतियाेगितामा अपराजित छै र अपराजित भएर नै यात्रा टुंग्याउन चाहान्छाै, सुदूरपश्चिमका प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले भने प्रतियाेगिताकाे उपाधी ट्रफी सुदूरपश्चिम लैजान हामी अातुर छाै। फाइनलका हाम्राे प्राथमिकता अहिले खेलिरहेकै प्लेइङ ११ हुनेछ, क्षेत्रीले भने यदि अावश्यकता पर्याे भने हामी फाइनल अगाडी खेलाडी परिवर्तन गर्न सक्छाै। सुदूरपश्चिमकाे टस जितेर ब्याटिंङ राेज्ने रणनिती छ। हामीले लक्ष्यपनि पिछा नगरेका हैनाै, लक्ष्य पिछा गरेरपनि खेल जितेका छाै तर पनि पीचकाे अवस्था दाेस्राे इनिङसम्म खराब हुने भएकाले टस जित्दा हाम्राे रणनिती ब्याटिंङ नै हुनेछ, उनले दाेहाेर्याए।

सुदूरपश्चिमकी कप्तान अञ्जली चन्दले फाइनलका लागि खेलाडीहरू तयार रहेकाे बताइन। एपीएफ राम्राे टिम हाे, चन्दले भनिन तर हामीले पनि उनीहरूका खेलाडीअनुसार कै रणनिती बनाएका छाै। हाम्रा खेलाडी फिट छन र अात्मविश्वास पनि भरिएकाे छ। त्यही भएर प्रतियाेगिताकाे उपाधी जित्ने उनकाे दाबी छ।

अर्काे फाइनल टाेली एपीएफकी कप्तान बिनु बुढाथाेकीले अाफुहरू प्रतियाेगिता जित्नकै लागि इटहरी अाएकाे भन्दै प्रतियाेगिताकाे उपाधी लिएर मात्रै फर्किने बताइन। हामी पहिलै देखि नियमित प्रशिक्षणमा थियाैं, बुढाथाेकीले भनिन, प्रतियाेगितामा अाफ्ना खेलाडीहरू राम्राे लयमा भएकाले पनि जित्ने सम्भावना उच्च छ।

फाइनलमा टिम परिवर्तनबारे अहिल्यै धारणा बनाइ नसकेकाे उनले भनिन। हाम्रा १४ खेलाडी नै फिट छन। सवैजना राम्रा खेलाडी हुन। कुन प्लेइङ ११ मा राख्ने कुन नराख्ने सन्दर्भमा हामी अन्याैलमा पर्छाै तर अावश्यकता अनुसार खेलाडीहरू समावेश गरिनेछ, उनले भनिन।

 

 


 

More form the Internet

loading...