Suvadin, Home

Cover Image

शहीद स्मारक फुटबल : एपिएफद्वारा आर्मी पराजित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँ चरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए।

काठमाडौं, ८ पुस – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँ चरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए।

पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे। यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा विजयी गोल गरे। 

आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६औँ  मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित बन्यो। यो आर्मीको लिगमा दोस्रो हार हो। जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचाैँ स्थानमा उक्लिएको छ। आर्मी १८ अंकसहित चौँथो स्थानमा यथावत छ। 


 

More form the Internet

loading...