Suvadin, Home

विश्वकप विशेषः
अर्जेन्टिनालार्इ झड्का, गोलकिपर रोमेरोले विश्वकप नखेल्ने

विश्वकपका छनोट चरण खेलहरुमा पहिलो रोजाईको रुपमा अर्जेन्टिनाका पोस्ट सम्हालेका गोलरक्षक रोमेरोले यस अघिको विश्वकपमा अर्जेन्टिनालार्इ फाइनल सम्म डोर्याएका थिए। म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने रोमेरोले हालै सम्पन्न सिजन सबै प्रतियोगितामा बाट १० खेलमा मात्र अवसर पाएका थिए। युनाइटेडका प्रशिक्षक मौरिन्होले उनलाई डे ह्याको ब्याक अपको रुपमा राखेका थिए।

काठमाडाैं, ९ जेठ – सदावहार विश्वकपको दाबेदार राष्ट्र अर्जेन्टिनाका पहिलो रोजार्इका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले चोटका कारण विश्वकप गुमाउने भएका छन्। अर्जेन्टिनाको पूर्वघोषित २३ सदस्यीय टोलीमा स्थान सुरक्षित गरेका रोमेरोको घुँडामा चोट लागेपछि उनले विश्वकप खेल्न नसक्ने अर्जेन्टिना फुटबल संघले जनाएको छ। 

विश्वकपका छनोट चरण खेलहरुमा पहिलो रोजाईको रुपमा अर्जेन्टिनाका पोस्ट सम्हालेका गोलरक्षक रोमेरोले यस अघिको विश्वकपमा अर्जेन्टिनालार्इ फाइनल सम्म डोर्याएका थिए।

म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने रोमेरोले हालै सम्पन्न सिजन सबै प्रतियोगितामा बाट १० खेलमा मात्र अवसर पाएका थिए। युनाइटेडका प्रशिक्षक मौरिन्होले उनलाई डे ह्याको ब्याक अपको रुपमा राखेका थिए।

रोमेरोसँगै अर्जेन्टिनाको विश्वकपका लागि पूर्व घोषित टोलीमा अन्य २ गोलकिपर चेल्सीका दोश्रो रोजार्इका गोलकिपर विल्ली काबालेरो र रिभर प्लेटका फ्रान्को अर्मानी रहेका छन्। काबालेरोले यसअघि अर्जेन्टिनाबाट २ खेल खेलेका छन्।

तर, अर्मानीले सिनियर टोलीबाट माैका पाएका गरेका छैनन्। अर्जेन्टिनाबाट ९४ खेलको अनुभव बोकेका रोमेरोको अनुपस्थिति अर्जेन्टिनालाई झट्का हुनसक्ने सम्भावना बढेको छ। २०१४ मा अर्जेन्टिना विश्व कपमा दोश्रो स्थान हासिल गर्दा रोमेरो टोलीको महत्वपूर्ण सदस्य सावित भएका थिए।

विश्वकप छनोटमा चरण ब्राजिल र उरुग्वेभन्दा तल रहँदै विश्वकपमा स्थान बनाएको अर्जेन्टिनाले रुसमा हुने विश्वकप २०१८को समूह 'डी' मा आइसल्याण्ड, क्रोएसिया र नाइजेरियाको सामना गर्नु पर्नेछ।


 

More form the Internet

loading...