Suvadin, Home

विश्वकपमा अर्जेन्टिनाको छनौट अनिश्चित

 विश्वकप २०१८ को छनौट अन्तर्गत दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बोलिभियासँग बुधबार बिहान पराजित भएपछि अर्जेन्टिनाको छनौट सम्भावना धरापमा परेको छ।
बलका लागि संघर्ष गर्दै अर्जेन्टिना र बेलिभियाका खेलाडीहरू। तस्बिरः एजेन्सी।

काठमाडौं, चैत १६ - विश्वकप २०१८ को छनौट अन्तर्गत दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बोलिभियासँग बुधबार बिहान पराजित भएपछि अर्जेन्टिनाको छनौट सम्भावना धरापमा परेको छ।

समूहको पुछारमा रहेको बोलिभियासँगको अप्रत्यासित हारपछि लिओनल मेसीबिना मैदानमा उत्रेको अर्जेन्टिना यस क्षेत्रको छनौटको पाँचौं स्थानमा झरेको छ। उसको १४ खेलबाट २२ अंक छ। जब कि यस समूहबाट शीर्ष ४ स्थानमा रहने टोली विश्वकपमा छनौट हुने प्रावधान छ। 

उक्त समूहको शीर्ष स्थान ब्राजिल, दोस्रो स्थानमा कोलम्बिया, तेस्रो स्थानमा उरुग्वे र चौथो स्थानमा चिली छन्। अजेन्टिनाले अब चार खेल बाँकी छ। बुधबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ ले पराजित पार्दै चिलीले अजेन्टिनाको चौथो स्थान खोसेपछि उसलाई थप दबाब परेको हो। 

अजेन्टिनालाई २–० ले पराजित गर्ने क्रममा बोलिभियाको जितमा आन कारलोस आर्स र मार्सेलो मार्टिन्सले गोल गरे। खेलको ३१ औं मिनेटमा आर्सले गोल गर्दैै बोलिभिया अग्रता दिलाएको अवस्थामा ५३ औं मिनेटमा मार्टिन्सले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।
 


 

More form the Internet

loading...