Suvadin, Home

चार अाेभरमा राेयल पिसीलार्इ हराउँदै अार्मी सेमिफाइनलमा (स्काेर कार्डसहित)

पहिले ब्याटिङमा अाएकाे राेयलले १७ अाेभरमा अाफ्ना सबै विकेट गुमार्इ ४५ रन मात्र बनायाे। राेयलका ब्याट्सम्यानहरू नचल्दा उसले ठूलाे स्काेर बनाउन सकेन। राेयलका विजय सुनारले सर्वाधिक ११ बाहेक अन्य व्याट्सम्यानले दाेहाेराे अंक जाेड्न सकेनन्। 
म्यान अफ द म्याच अविनाश कर्णलार्इ पुरस्कार प्रदान गर्दै खेल पत्रकार विनाेद पाण्डे।

काठमाडाैं, पुस २९


काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत शुक्रबारकाे दाेस्राे खेलमा त्रिभुवन अार्मी क्लबले राेयस पिसी फाइटरलार्इ १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ। 

पहिले ब्याटिङमा अाएकाे राेयलले १७ अाेभरमा अाफ्ना सबै विकेट गुमार्इ ४५ रन मात्र बनायाे। राेयलका ब्याट्सम्यानहरू नचल्दा उसले ठूलाे स्काेर बनाउन सकेन। राेयलका विजय सुनारले सर्वाधिक ११ बाहेक अन्य व्याट्सम्यानले दाेहाेराे अंक जाेड्न सकेनन्। 

बलिङमा अार्मीका अविनाश कर्णले ४ विकेट लिए। अविनाशले ४ अाेभरकाे बलिङमा २ अाेभर मेडन राख्दै ३ रन खर्चिएर ४ विकेट लएका हुन्। त्यस्तै, साेमपाल कामीले ४ अाेभरकाे स्पेलमा १ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए भने अार्मी कै लाेकेन्द्र चन्दले २ विकेट लिए। 

जवाफी ब्याटिङमा अार्मीले ४ अाेभरमा कुनै पनि विकेट नगुमार्इ लक्ष्य भेटायाे। अार्मीका अाेपनर सागरपुनले २१ बलमा ७ चाैकाकाे मदतले नटअाउट ३६ रन जाेडे भने साेमपाल कामी ३ रनमा नटअाउट रहे। खेलका म्यान अफ द म्याच अार्मीका अबिनाश कर्ण भए।  यसअघि पहिलाे खेलमा हिमालयन ह्वार्इट हाउँसलार्इ पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेकाे थियाे। 


 

More form the Internet

loading...