Suvadin, Home

सिटीको अपराजित यात्रा कायमै, अार्सनल चाैंथाे स्थानमा उक्लियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ। म्यानचेस्टरले अाइतबार राति सम्पन्न खेलमा एघारौं स्थानको हडर्शफिल्डलाई २–१ ले पाखा लगाएकाे हाे।
गाेल गरेपछि सिटीका वाल्कर र स्टर्लिङ।

उत्तम रिजाल, झापा, मंसिर ११ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ। म्यानचेस्टरले अाइतबार राति सम्पन्न खेलमा एघारौं स्थानको हडर्शफिल्डलाई २–१ ले पाखा लगाएकाे हाे।

यद्यपि, खेलकाे पहिलाे हाफमा अग्रता चाहिँ हडर्शफिल्डले लिएको थियो। हडर्शफिल्डका लागि पहिलो हाफको इन्जुरी समयमा सिटीका ओटामेन्डीले आत्मघाती गोल उपहार दिएका थिए। त्यसपछि पहिलो हाफमा १-० ले पछि परेको सिटीका लागि सर्जियो अगुइरो र रहिम स्टर्लिङले गोल गरेका थिए।

४७औं मिनेटमा सिटीका स्टर्लिङलार्इ डिबक्स एरियामा लडाएपछि पाएकाे पेनाल्टीमार्फत अगुइरोले बराबरी गोल फर्काएका थिए। त्यसपछि टिमको जीत सुनिश्चित गर्ने क्रममा स्टर्लिङले खेलको ८४औं मिनेटमा गोल गरे।

दुवै टिमले खेलमा पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन्। सिटीले लगातार ११ खेलमा विजय हासिल गर्दै जारी सिजनका १३ खेलबाट ३७ अंक बनाएको छ।

समान खेल खेलेको हडर्शफिल्डको १५ अंक छ। सोही प्रतियोगिता अन्तर्गत अाइतबार राति नै सम्पन्न अर्को खेलमा छैठाैं स्थानमा रहेकाे आर्सनलले बर्न्लीमाथि कठिन जीत निकाल्दै चौंथो स्थानमा उक्लिएकाे छ।

अार्सनलकाे जीतमा चिली स्टार खेलाडी एलेक्सिस साञ्चेजले खेलको अन्तिम समयमा गोल गरेका थिए। उनले खेलको ९२औं मिनेटमा गोल गरेका हुन्। त्यस्तै अर्को खेलमा साउथह्वामथ्टनले एभर्टनलाई ४–१ को फराकिलो गाेलअन्तरले पाखा लगाएकाे छ।


 

More form the Internet

loading...