Suvadin, Home

एथ्लेटिक्समा गोपीचन्द्रले जिते स्वर्ण

काठमाडौं । १३ औँ साग अन्तर्गत एथ्लेटिक्समा गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । 

गोपीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दूरी पूरा गरे ।

नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए । उनलले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते । यो सँगै एथलेटिक्समा नेपालले दोस्रो स्वर्ण जितेको छ । 

यसअघि सन्तोषीले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । 


 

More form the Internet

loading...