Suvadin, Home

Cover Image

युथ एथलेटिक्स टोली बैंकक जाने

दोस्राे एसियाली युथ एथलेटिक्स च्याम्पियनसीपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ। मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
बैकक जाने नेपाली टाेली।

काठमाडौं, जेठ ४ -  दोस्राे एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ।

मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषमा आशिष खत्रीले १ सय र २ सय मिटर दौडमा भाग लिनेछन्। महिलाको १ सय र २ सय मिटर दौडमा लुजला अमात्य र जयरानी चौधरीले प्रतिस्पर्धा गर्नेछन्। अर्की महिला खेलाडी विपना परियारले लङजम्प र ट्रिपलजम्पमा नेपालको चुनौती पेश गर्नेछिन्। प्रशिक्षकमा मनोहर दाहाल छन्।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जीतबहादुर केसी, नेपाल एथलेटिक्स संघका उपाध्यक्ष सुशीलनरसिंह राणा र सचिव आरके विष्टले टोलीलाई दशरथ रंगशालामा विदार्इ गरे ।


 

More form the Internet

loading...