Suvadin, Home

वार्नरको शतकमा अष्ट्रेलिया विजयी, बंगलादेशका रहिमको शतक खेर 

काठमाडौं । डेभिड वार्नरको शतकमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले फराकिलो जित हात पारेको छ । बिहीबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिाएको हो ।
 
अष्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । बंगलादेशका लागि मुश्फिकर रहिमले शतकीय पारी खेले । ९७  बल खेलेका उलने ९ चौका र १ छक्काको सहयोगमा नटआउट रहँदै १०२ रन बनाए । उत्कृष्ट रन बनाए पनि उनले टिमको हारलाई टार्न भने सकेनन् । 

त्यस्तै तामिम इकबाल र महमदुल्लाहले अर्धशतकीय पारी खेले । ५० बल खेलेका महमदुल्लाहले ५ चौका र ३ छक्काको सहयोगमा ६९ रन बनाए । ७४ बल खेलेका इकबालले ६ चौकाको सहयोगमा ६२ रन बनाए । 

बंगलादेशका लागि साकिब अल हसनले ४१ रन जोड्दा लिटन दासले २० रन बनाए । 

बलिङतर्फ अष्ट्रेलियाका लागि नेथन कुल्टर नाइल, मिचल स्टाक र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए । त्यस्तै एडम जाम्पाले एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३८१ रन पूरा गर्यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेलेका थिए । १४७ बल खेलेका उनले १४ चौका र ५ छक्काको सहयोगमा १६६ रन पूरा गरेका थिए ।

त्यस्तै उश्मान ख्वाजा र कप्तान एरोन फिंचले अर्धशतकीय पारी खेले । ७२ बल खेलेका ख्वाजाले १० चौकाको सहयोगमा ८९ रन बनाए । ५१ बल खेलेका एरोनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ३२ रनको योगदान गरे ।

बलिङतर्फ बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिब क तीन विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानले एक विकेट लिए ।


 

More form the Internet

loading...