Suvadin, Home
Nepal Telecom 2.263M

अष्ट्रेलियाद्वारा ४–० ले श्रृंखला कब्जा
इंग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेष्टमा अष्ट्रेलिया एक इनिङ्स र १२३ रनले विजयी

घरेलु टोली अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको एसेज सिरीजको पाँचौ तथा अन्तिम टेष्ट एक इनिङ्स र एक सय २३ रनले जितेको छ। पहिलो इनिङमा सिड्नीमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले एक सय १२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रन जोडेको थियो।
जीतपछि घरेलु टोली ।

उत्तम रिजाल, झापा, २५ पुस – घरेलु टोली अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको एसेज सिरीजको पाँचौ तथा अन्तिम टेष्ट एक इनिङ्स र एक सय २३ रनले जितेको छ। पहिलो इनिङमा सिड्नीमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले एक सय १२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रन जोडेको थियो।

तर, घरेलु टोलीले पहिलो इनिङमा उस्मान खवाजाको एक सय ७१, सन मार्शको एक सय ५६, मित्सेल मार्शको एक सय एक र कप्तान स्टेभन स्मिथको ८३ रनको मद्दतमा एक सय ९३ ओभरमा ७ विकेटको क्षतिमा ६ सय ४९ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो।

त्यसपछि दोश्रो इनिङ शुरु गरेको पाहुना टोली घरेलु टोलीका बलरहरुसामू निरीह देखिएका थिए। पाहुना टोली दोश्रो इनिङमा ८८ दशमलव एक ओभरमा एक सय ८० रनमै समेटिएको थियो।

उसका कप्तान जोए रुटले सर्वाधिक ५८ रनको योगदान दिए। त्यसपछि उनले पेट दुखाइका कारण ब्याटिङ जारी राख्न नसक्दा पाहुना टोली धराशायी भयो। त्यस्तै पाहुना टोलीका लागि विकेट किपर जोनी बैर्सटोले ३८ रनको योगदान दिए।

पाहुना टोलीका पाँच ब्याट्सम्यान दोहोरो अंकको रन जोड्न नपाउँदै पेवेलियन फर्किएका थिए। उसलाई सस्तैमा समेट्ने क्रममा प्याट कुमिन्सले चार, नथन लियोनले ३ तथा जोस हाजलेउड र मित्सेल स्टार्कले एक एक विकेट लिए।

खेलको म्यान अफ दि म्याच विजयी टिमका प्याट कुमिन्स भए। त्यस्तै म्यान अफ दि सिरीजको उपाधि घरेलु टोलीका कप्तान स्टेभन स्मिथले पाए। पाहुना टोलीले चौथो टेष्ट आफ्नो पक्षमा पारेको थियो।

यी दुई टिमबीच पाँच एक दिवसीय म्याच पनि हुनेछ। पहिलो एक दिवसीय म्याच आगामी आइतबार अष्ट्रेलियाको मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ। खेल नेपाली समय अनुसार विहान ९ बजेर ५ मिनेटमा शुरु हुनेछ।


 

More form the Internet

loading...