Suvadin, Home
Nepal life 2.627M

बार्सिलोनाका मिडफिल्डर भिडाल महत्वपूर्ण खेलमा बेञ्चमा बस्नुपरेको गुनासो

भिडालले बार्सिलोनाबाट ९ खेल खेलिसकेका छन्। बढी जस्तो खेलमा उनी बेञ्चबाट शुरु गरिरेहका छन्। बार्सिलोनाले यो सिजन उपाधिका लागि चुनौति पेश गर्दा भिडाल मत्हत्वपूर्ण खेलाडी मध्ये एक हुन सक्ने अनुमान गरिएको छ।

काठमाडाैं, २४ असोज – बार्सिलोनाबाट धेरै मौका नपाएको मिडफिल्डर अर्टुरो भिडालले असन्तुष्टि जनाएका छन्। यद्दपि, उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन्। भिडालले कुनै समस्या भए प्रशिक्षकसँग सोझै कुरा गर्ने पनि प्रष्ट पारेका छन्।

चिलीका मिडफिल्डर सिजनको शुरुवातमा बार्यन म्युखिनबाट नोउ क्याम्प पुगेका थिए। च्याम्पियन्स लिगमा गत साता टोटेनह्यामलाई बार्सिलोनाले ४–२ ले हराउँदा खेल्न नपाएपछि उनी आक्रोशित बनेका थिए। ३१ वर्षे उनले सामाजिक सञ्जालमा रिसाहा लाग्ने इमोजी पोष्ट गरेका थिए। यद्दपी उनले पछि त्यो इमोजी हटाएका थिए।

भिडालले भने, ‘म खुसी छैन। तर प्रशिक्षकसँग कुनै समस्या छैन। कुनै समस्या भए म उनलाई भन्नेछु। यदि म खेल्न पाउँदिन भने खुसी हुन सक्ने कुरै भएन। म त्यस्तो खेलाडी हो जो आफ्नो ठाँउका लागि सधै संघर्ष गर्नेछ। त्यसैले क्लबलाई विश्वकै उत्कृष्ट बनाउनेछ।’

उनले आफु शारीरिक रुपमा पनि ठिक रहेको भिडालले बताएका छन्। उनले भने, ‘पछिल्ला केहि खेलका कारण म केहि दिक्दार पनि भए। आउने दिनमा अझै महत्वपूर्ण खेल आउँदैछन्। मलार्इ कुनै समस्या भए र रिस उठेमा सिधै प्रशिक्षकसँग भन्नेछु।’

भिडालले बार्सिलोनाबाट ९ खेल खेलिसकेका छन्। बढी जस्तो खेलमा उनी बेञ्चबाट शुरु गरिरेहका छन्। बार्सिलोनाले यो सिजन उपाधिका लागि चुनौति पेश गर्दा भिडाल मत्हत्वपूर्ण खेलाडी मध्ये एक हुन सक्ने अनुमान गरिएको छ।


 

More form the Internet

loading...