Suvadin, Home

बक्सिङमा अार्मीलाई ११ स्वर्ण

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण जितेकाे छ। प्रतियाेगिताका बक्सिङ अन्तर्गतका खेलमा सर्वाधिक स्वर्ण उचाल्दै अार्मी बक्सिङ च्यामपियन टिम घोषित भयाे। 

काठमाडाैं, पुस १५


सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण जितेकाे छ। प्रतियाेगिताका बक्सिङ अन्तर्गतका खेलमा सर्वाधिक स्वर्ण उचाल्दै अार्मी बक्सिङ च्यामपियन टिम घोषित भयाे। 

साताैं खेलकुदमा बक्सिङ अन्तर्गत महिला र पुरुष गरी १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएकाे थियाे। जसमा आर्मीले ११ स्वर्ण हात पार्याे। शुक्रबार भएकाे फाइलनमा आर्मीले ११ स्वर्णसहित  ६ रजत र २ कास्य पदक हात पार्याे। 

दाेस्राे स्थानमा रहेकाे अर्काे विभागीय टाेली सशस्त्र प्रहरीले ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्दै उपविजेता टिम बन्याे भने तेस्रो स्थानमा सिमित मध्यामाञ्चलले २ स्वर्ण, २ रजत र ४ कास्यमा चित्त बुझाउनु पर्याे। त्यस्तै, नेपाल पुलिसले १ स्वर्ण, ३ रजत र २ कास्य, पूर्वाञ्चलले १० कास्य, मध्यपश्चिमाञ्चले ५ कास्य, सुदुरपश्चिममाञ्चले ४ कास्य र पश्चिममाञ्चले ३ कास्यपदक अाफ्नाे पाेल्टामा पारे। 

महिलातर्फ ६४ केजी तौल समूहमा आर्मीका पुनम रावलले स्वर्ण, सशस्त्र प्रहरीकी विनिता थापामगरले रजत जितिन्। ६९ केजीमा सशस्त्रका संगीता सुनुवारले स्वर्ण, उनकी प्रतिद्वन्द्वी नेपाल पुलिसकी अनुराध लामाले रजत जितिन् भने ७५ केजीमा आर्मीकी सिलु ढंगोलले स्वर्ण र उनकी प्रतिद्वन्द्वी  समुना खातुनले रजतमा चित्त बुझाइन्।

पुरुषतर्फ ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घले, उनका प्रतिद्वन्द्वी सशस्त्र प्रहरीका विकास लामाले क्रमशः स्वर्ण र रजत जिते। ७५ केजीमा आर्मीका दीपेश लामाले स्वर्ण र मध्यामाञ्चलका दिवसलाल भूमिले रजत, ८१ केजीमा मध्यमाञ्चलका मनोहर बस्नेतले स्वर्ण र उनको प्रतिद्वन्द्वी आर्मीका महेन्द्र केसीले रजतमा चित्त बुझाउनुपर्याे।

९१ केजीमा आर्मीका श्याम खत्रीले वाक ओभरमा स्वर्ण पदक जितेका छन् भने उनको प्रतिद्वन्द्वी मध्यामाञ्चलका कविरश शर्माले रजत पाएका छन्। ९१ प्लस केजी पनि अार्मीका आशिष दवाडीले स्वर्ण तथा मध्यामञ्चलका मेघ लामाले रजत पाएका छन्।


 

More form the Internet

loading...