Suvadin, Home

Cover Image

विश्‍कप क्रिकेटमा आज बंगलादेश र श्रीलंका भिड्दै, चिन्ता मौसमको 

एजेन्सी । इङल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।  

विश्वकप अन्तर्गत १६ खेलमा खेल्न लागेका यि दुबै टोलीलाई मौसमको चिन्ता छ ।  अहिलेसम्म २ खेल मौसमका कारण रद्ध गरिएका छन् । यसअघि मौसमका कारण अंक बाँडेको श्रीलंका चिन्तामा छ । 

बंगलादेशलाई पनि मौसम बाधक हुने डर छ । खेल नेपाली समयअनुसार दिउसो ३ बजे सुरु हुनेछ । दुबै टोली कठिन अवस्थामा छन् । 

बंगलादेशले अहिलेसम्म ३ खेलमध्ये १ मा जित र २ मा हार ब्यहोरेको छ । श्रीलंकाले १ खेलमा जित १ मा हार र वर्षा भएपछि १ खेलमा अंक बाडेको थियो । अर्को चरणको सम्भावना जीवितै राख्न दुबै टोलीले अब बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने छ ।


 

More form the Internet

loading...