Suvadin, Home

Cover Image

वर्षाले आज पनि खेल रद्द, बंगलादेश र श्रीलंकाले बाँडे अंक

एजेन्सी । वर्षा बाधक भएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो खेल रद्द गरिएको छ ।

वर्षा भएपछि श्रीलंका र बंगलादेशबीच टस समेत नभई खेल रद्द गरिएको हो । यसअघि सोमबार दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्ध गरीएको थियो । 

खेल रद्द गरिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । श्रीलंकाको लगतार दुइ खेल रद्ध गरीएको छ । यसअघि पाकिस्तानबिरुद्ध खेलपनि वर्षा भएपछि रोकिएको थियो । 

जारी विश्वकपमा वर्षाले अवरुद्ध यो तेस्रो खेल हो ।
 


 

More form the Internet

loading...