Suvadin, Home
Nepal life 2.752M

भ्यालेन्सियाविरूद्ध बराबरी खेलेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

घरेलु टोलीले खेलको दोस्रो मिनेटमा कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि अग्रता लिएको थियो। तर, २३औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरी दिलाए। बार्सिलोनाले खेलमा ७५ प्रतिशत बल पोसेसन राखेपनि अन्य गोल गर्न सकेन।

काठमाडाैं, २२ असोज – ला लिगा अन्तर्गत अाइतबार राति भएको खेलमा भ्यालेन्सियाको घरेलु मैदानमा बराबरी खेल्दै बार्सिलोनाले २ अंक गुमाएको छ। खेलमा पकड राखेपनि बार्सिलोनाले भ्यालेन्सियामाथि जित हासिल गर्न सकेन।

घरेलु टोलीले खेलको दोस्रो मिनेटमा कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि अग्रता लिएको थियो। तर, २३औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरी दिलाए। बार्सिलोनाले खेलमा ७५ प्रतिशत बल पोसेसन राखेपनि अन्य गोल गर्न सकेन।

बराबरी पछि ८ खेलमा १५ अंक रहेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। आज घरेलु मैदानमा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको सेभिल्ला अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। सेभिल्लाको ८ खेलमा १६ अंक रहेको छ। तेस्रो स्थानमा एथ्लेटिको म्याड्रिडको १५ अंक छ भने चौथो स्थानमा रियलको १४ अंक रहेको छ।


 

More form the Internet

loading...