Suvadin, Home
Nepal Telecom 2.263M

१५ मिनेटमै मेसीकाे २ गाेल, जीतसँगै बार्सिलाेना क्वाटर फाइनलमा

बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टाभिगोमाथि ५–० गाेल अन्तरकाे जीत निकालेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो।
सेल्टाभिगाेविरुद्ध गाेल गरेपछि बार्सिलाेनाका लियाेनल मेसी।

२८ पुस, काठमाडौं – स्पनिस जायन्टस बार्सिलाेना स्पेनिस नकअाउट प्रतियाेगिता काेपा डेल रेकाे क्वाटर फाइनलमा प्रवेश गरेकाे छ। लिओनल मेसीले शुरुवाति १५ मिनेटभित्र गरेकाे दुई गोलसँगै बार्सिलोनाले सेल्टाभिगोविरुद्ध शानदार जीत हाशिल गरेकाे हाे।

बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टाभिगोमाथि ५–० गाेल अन्तरकाे जीत निकालेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो।

घरेलु मैदान क्याम्प नउमा भएको खेलमा बार्सिलोनाका लागि १३औं मिनेटमा मेसीले गाेल गर्दै अग्रता दिलाएका थिए। त्यस्काे २ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरे।

२८औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलाेनालार्इ ३–० काे अग्रता दिलाएका थिए। त्यस्काे चार मिनेट पछि ३१औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा ४–० को अग्रता लिएकाे थियाे।

निर्धारित समयकाे खेल सकिन ३ मिनेट बाँकी रहँदा बार्सिलाेनाका इभान राकिटिचले गोल गरेपछि बार्सिलोनाले ५–० को जीत सुनिश्चित गरेकाे हाे।

बार्सिलोना क्वार्टरफाइनलमा पुगेसँगै उक्त प्रतियाेगिताकाे अन्तिम ८ को समिकरण पुरा भएको छ। रियल मड्रिड, एथ्लेटिको मड्रिडसँगै भ्यालेन्सिया, लेगनस, अलाभेस, स्पानियोल र सेभिया अन्तिम आठमा पुगेका छन्।


 

More form the Internet

loading...