Suvadin, Home

मेसी चम्किदा बार्सिनाको सानदार जित

लिओनल मेसीले उत्कृष्ट दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टाभिगोमाथि सानदार जित दर्ता गरेको छ। जितसँगै बार्सिलोना शीर्षमा छ।
गाेल गरेपछि खुसी मनाउँदै लिअाेनल मेसी। तस्बिरः गिट्टी इमेज।

काठमाडौ, फागुन २२ - लिओनल मेसीले उत्कृष्ट दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टाभिगोमाथि सानदार जित दर्ता गरेको छ। जितसँगै बार्सिलोना शीर्षमा छ।

बार्सिलोनाले सेल्टाभिगालाई ५– ० को फराकिलो अन्तरले पराजित गर्दै शनिबार राति भएको खेलमा  हात पारेको हो। सुरुवाती अग्रता लिने क्रममा २४ औं मिनेटमा मेसीले पहिलो गोल गरे। ४० औं मिनेटमा अर्का स्टार नेयमारले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रतामा रह्यो।

दोस्रो हाफमा बार्सिलोना आक्रमक देखियो। ८ मिनेटभित्र बार्सिलोनाले एक पछि अर्को गर्दै ३ गोल थपेपछि उसालाई फराकिलो जित प्राप्त भयो। ५७ औं मिनेटमा राकिटिच, ६१ औं मिनेटमा उम्टिटी र ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत गोल गरेपछि बार्सिलोनाले ५–० गोल अन्तरमा खेल टुंग्याएको हो।

बार्सिलोनाको २६ खेलबाट ६० अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५९ अंक छ। यद्यपी रियलले एक खेल कम खेलेको छ।

 


 

More form the Internet

loading...