Suvadin, Home

बार्सिलोनामा अवसर खोज्दै अोझेलमा करिअर

क्याटलान क्लबमा खेल्ने मौका नपाउँदा उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउन छाडे। त्यसअघि उनी राष्ट्रिय टोलीमा पनि पर्ने गर्दथे। पछिल्लो सिजन पनि उनले राम्रो प्रदर्शन गर्दागर्दै नियमित खेल्न पाएनन्। त्यसैले यस सिजनको शुरुवातमा उनले क्लब छाड्ने नै निर्णय लिए। अल्कासेरले भने, ‘म फुटबल खेल्दा खुसी हुन चाहन्छु। त्यसैले मैले बार्सिलोना छाड्नु जरुरि थियो।’

काठमाडौं, १ कात्तिक – बार्सिलोना छाडेर सिजनको शुरुवातमा लोनमा जर्मन क्लब पुगेका फवार्ड पाको अल्कासेरको मुहारमा फेरी हाँसो छाएको छ। स्पेनी राष्ट्रिय टोलीबाट तीन गोल र बोरुसिया डर्टमुन्डबाट सात गोल।

सन् २०१६ मा भ्यालेन्सिया छाडेर बार्सिलोना पुगेका अल्कासेरले त्यसयता ५० खेल खेले। त्यसमध्ये २२ खेलमा मात्र उनी शुरुवाती ११ मा पर्न सफल रहे। उनले दुई सिजनमा जम्मा १५ सय मिनेट खेल्न पाए। भ्यालेन्सियाबाट बार्सिलोना पुग्दा निकै आशालाग्दो करिअर बोकेका अल्कासेरको भूमिका वैकल्पिक खेलाडीभन्दा माथि उठ्न सकेन।

क्याटलान क्लबमा खेल्ने मौका नपाउँदा उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउन छाडे। त्यसअघि उनी राष्ट्रिय टोलीमा पनि पर्ने गर्दथे। पछिल्लो सिजन पनि उनले राम्रो प्रदर्शन गर्दागर्दै नियमित खेल्न पाएनन्। त्यसैले यस सिजनको शुरुवातमा उनले क्लब छाड्ने नै निर्णय लिए।

अल्कासेरले भने, ‘म फुटबल खेल्दा खुसी हुन चाहन्छु। त्यसैले मैले बार्सिलोना छाड्नु जरुरि थियो।’ उनी एक्लै भने छैनन्। अन्य यस्ता खेलाडी छन् जसले स्तर र कला हुनुका बाबजुद बार्सिलोनामा खेल्न नपाएर आफ्नो करिअर बर्बाद गरिरहेका छन्। थियागो अलाकान्ट्रा पनि त्यसैको शिकार बनेका थिए। उनले क्लब छाडेपछि अहिले बायर्न म्युनिखमा नियमित खेल्छन् भने स्पेनी राष्ट्रिय टोलीको पनि पहिलो रोजाइमा पर्दै आएका छन्।

विगतमा थियागो मोटा र क्रिस्टियन टेलोले पनि सोहि किसिमको अभिव्यक्ति दिए। एक समय मार्क बार्टरालाई निकै सम्भावना बोकेका डिफेन्डरको रुपमा हेरिएको थियो। तर, क्याम्प नोउमा मौका नपाउँदा उनी डर्टमुन्ड हुँदै अहिले बेटिसमा खेलिरहेका छन्। उनले आफ्नो खेललाई पनि सुधार गरेका छन् र राष्ट्रिय टोलीमा परेका छन्।

गोलरक्षकको स्थानमा पनि त्यस्तै अवस्था छ। लामो समय वैकल्पिक खेलाडीको रुपमा रहेका ओइएर ओलाजाबाल र जोर्डी मासिप पनि क्लब छाडेपछि ला लिगाकै अन्य क्लबमा पहिलो रोजाईका रुपमा खेलिरहेका छन्। बार्सिलोनाले जसरी कतिपय खेलाडीको करिअर बनाएको छ त्यसक्रममा धेरै खेलाडीको बिगारेको पनि छ। मौका नपाउँदा खेलाडीले क्लब छाड्दै पश्चाताप गर्नुको विकल्प रहन्न।


 

More form the Internet

loading...