Suvadin, Home

विश्वकप पश्चात बार्सिलोनाको टोली पहिलो पटक प्रशिक्षणमा सामेल

स्वारेजसँगै फिलिप्पे काउटिन्हो, इभान राकिटिक, सामुइल उम्टिटी, यरी मिना र थोमस भेर्मेलेन विश्वकप पछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन्।लियोनल मेस्सी, मार्क आन्द्रे टर स्टेगन, जेरार्ड पिके, सर्जियो बुस्केट, ओसमाने डेम्बेले, जोडी अल्बा, सिर्जी साम्पेरसहितका खेलाडीले पनि हल्का अभ्यास सत्रमा भाग लिएका थिए। मेस्सी र स्वारेजले गत सिजन ला लिगामा ५९ गोल गरेका थिए। अभ्यासमा पनि उनीहरुसँगसँगै थिए।

काठमाडाैं, २२ साउन – लुइस स्वारेजलगायत क्लबका अन्य केही स्टार खेलाडी विश्वकप पछि पहिलो पटक सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल भएका छन्। स्वारेजसँगै फिलिप्पे काउटिन्हो, इभान राकिटिक, सामुइल उम्टिटी, यरी मिना र थोमस भेर्मेलेन विश्वकप पछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन्।

लियोनल मेस्सी, मार्क आन्द्रे टर स्टेगन, जेरार्ड पिके, सर्जियो बुस्केट, ओसमाने डेम्बेले, जोडी अल्बा, सिर्जी साम्पेरसहितका खेलाडीले पनि हल्का अभ्यास सत्रमा भाग लिएका थिए। मेस्सी र स्वारेजले गत सिजन ला लिगामा ५९ गोल गरेका थिए। अभ्यासमा पनि उनीहरुसँगसँगै थिए।

बार्सिलोना टोली अमेरिका भ्रमणमा निस्केको थियो। जहाँ टोलीले इंग्लिस टोली टोटेनह्यामसँग २–२ को बराबरी खेलेको थियो। त्यसअघि बार्सिलोना, रोमा र एसी मिलानसँग पराजित भएको थियो। टोलीका केही महत्वपूर्ण सदस्य आइतबार सेभिल्लासँग हुने स्पेनिस सुपर कपमा खेल्ने अपेक्षा गरिएको थियो।

त्यसपछि टोलीले अगस्ट १५ गते बोका जनियरर्ससन्ग जोहान गाम्पेर ट्रफीमा प्रतिस्पर्धा गर्नेछ। त्यसको तीन दिनपछि ला लिगा सिजनको शुरुवातको खेलमा बार्सिलोनाले घरेलु मैदानमा अल्भेसको सामना गर्नेछ।


 

More form the Internet

loading...