Suvadin, Home

लिओनेसालाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

बार्साका गोलरक्षक जास्पर सिलेसनले जोर्गे ओरित्जको लामो प्रहार बचाएपनि रिबाउन्डमा जोसे म्यानुएलले दिएको क्रसमा सेनेले गोल गर्दै अग्रता घटाए।

काठमाडौं, २० मंसिर – बार्सिलोना लिओनेसालाई पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले कल्चरल लिओनेसालाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

खेलको सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। म्युनिर इल हडडीले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको २६औं र ७०औं मिनेटमा डेनिस स्वारेजल गोल गर्दा अर्को गोल बार्सिलोनाका लागि मेल्कम स्ट्रकले गरेका थिए। यता, लिओनेसाका लागि भने सेनेले गोल फर्काएका थिए।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले यस खेलका लागि नियमित टोलीका नेल्सन सेमेडो र इभान राकीटिचलाई मात्र सुरुवाती रोजाइमा राखेका थिए। राकीटिचले सिजनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा तीन असिस्ट दिए। उनले मुनिरले गरेको पहिलो गोलका लागि सुआरेजसँग सुन्दर वन टु पास खेल्दै अन्तिम पास मिलाएका थिए।

बार्सिलोनाको दोस्रो गोलमा पनि राकीटिचकै असिस्ट रहयो। २६ औं मिनेटमा उनले दिएको पासलाई डेनिस सुआरेजले शक्तिशाली प्रहार गर्दै गोलरक्षकलाई बचाउने कुनै मौका दिएनन् । पहिलो हाफ सकिनुअघि नै बार्सिलोना ३-० ले अगाडी भयो। ४३ औं मिनेटमा राकीटिचको क्रसमा माल्कमले हेडरमार्फत गोल गर्दै ३-० को अग्रता दिलाए। दोस्रो हाफमा भने प्रशिक्षक भालभेर्डेले राकीटिचको स्थानमा बुस्केट्सलाई मैदानमा उतारे।

लिओनेसाले ५४ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा जगायो। बार्साका गोलरक्षक जास्पर सिलेसनले जोर्गे ओरित्जको लामो प्रहार बचाएपनि रिबाउन्डमा जोसे म्यानुएलले दिएको क्रसमा सेनेले गोल गर्दै अग्रता घटाए। ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले पुन गोल गर्दै खेलमा ३ गोलको अग्रता कायम गरे।

बार्सिलोनाले पहिलो लेगको खेल १-० ले जितेको थियो। यस नतिजासँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार पाँचौपटक उपाधि जित्ने दाउमा रहेको बार्सिलोनाले अब लिगमा शनिबार एस्पान्योलसँग खेल्नेछ।


 

More form the Internet

loading...