Suvadin, Home

बार्सिलोनाको लगातार तेस्रो जीत

खेलको शुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन। शुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो। बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो। लुइस स्वारेजको क्रसमा उनले भलीमार्फत गोल गरेका थिए। पहिलो हाफमै इन्टरका गोलरक्षक सामिर हान्डानोभिचले लुइस स्वारेज र क्लेमेन्ट लेङलेटको प्रहारलाई विफल तुल्याएका थिए। त्यस्तै स्वारेजले फ्रि क्रिकको अवसर प्राप्त गरेपनि त्यसलार्इ गोलमा परिणत गर्न सकेनन्। रेफ्रीले स्वारेजलार्इ फ्रि किक हान्न सिट्टी बजाए लगतै इन्टरका अन्य खेलाडी उफ्रिँदा मिडफिल्डर मार्सेलो ब्रोजोभिक भने हातारहतार सुतेका थिए। र, स्वरेजको बल उनलाई लागेर रोकियो र गोल हुन पाएन।

काठमाडौं, ८ कात्तिक – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ। कप्तान लियोनेल मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाले खेलमा सहजै जीत दर्ता गरेको हो।

खेलको शुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन। शुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो। बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो। लुइस स्वारेजको क्रसमा उनले भलीमार्फत गोल गरेका थिए।

पहिलो हाफमै इन्टरका गोलरक्षक सामिर हान्डानोभिचले लुइस स्वारेज र क्लेमेन्ट लेङलेटको प्रहारलाई विफल तुल्याएका थिए। त्यस्तै स्वारेजले फ्रि क्रिकको अवसर प्राप्त गरेपनि त्यसलार्इ गोलमा परिणत गर्न सकेनन्। रेफ्रीले स्वारेजलार्इ फ्रि किक हान्न सिट्टी बजाए लगतै इन्टरका अन्य खेलाडी उफ्रिँदा मिडफिल्डर मार्सेलो ब्रोजोभिक भने हातारहतार सुतेका थिए। र, स्वरेजको बल उनलाई लागेर रोकियो र गोल हुन पाएन।

यसरी फ्रि किक रोकेको देखेपछि खेल हेरिरहेका मेस्सी समेत हाँसेका थिए। फिलिपे कोउटिन्होले दोस्रो हाफमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। ८३ औं मिनेटमा भने बार्सिलोनाले अग्रता दोब्बर पार्यो। जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरे।

च्याम्पियन्स लिगमा लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ। ९ अंक जोडेको बार्सिलोनालाई ६ अंक जोडेको इन्टरले पछ्याईरहेको छ। टोटेनहम र पीएसभीको खेल २-२ को बराबरीमा टुङ्गिएको छ।

 


 

More form the Internet

loading...