Suvadin, Home

बार्सिलोनाद्वारा रियल म्याड्रिड ५-१ को फराकिलो गोल अन्तरले पराजित

बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो। लुइस स्वारेजले पेनाल्टीलाई सदुपयोग गरेका हुन्। खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो। दोस्रो हाफमा रियलले मार्सलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएपनि बार्सिलोनाले तीन गोल थप्यो। स्वारेजले ७५ र ८३ अौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। आर्टुरो भिडालले अन्तिममा गोल गर्दै फराकिलो जित पक्का गरे। रियलमा क्रिस्टियानो रोनाल्डोको कमि झल्किएको थियो।

काठमाडौं, १२ कात्तिक – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको छ।

लियोनल मेस्सी बिनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले शुरूवाती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल पछि बार्सिलोनाले अग्रता बनाएको थियो।

बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो। लुइस स्वारेजले पेनाल्टीलाई सदुपयोग गरेका हुन्। खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा रियलले मार्सलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएपनि बार्सिलोनाले तीन गोल थप्यो। स्वारेजले ७५ र ८३ अौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। आर्टुरो भिडालले अन्तिममा गोल गर्दै फराकिलो जित पक्का गरे। रियलमा क्रिस्टियानो रोनाल्डोको कमि झल्किएको थियो।


 

More form the Internet

loading...