Suvadin, Home

स्पेनिस ला-लिगा
नेयमारकाे ह्याट्रिकमा बार्सिलाेनाकाे सान

 नेयमारको ह्याट्रिक प्रदर्शनको मद्दतले स्पेनिस ला लिगामा बार्सिलोनाले लास पाल्मासलाई फराकिलो अन्तरले पराजित गरेको छ। 
नेयमार।

काठमाडाैं, जेठ १ - नेयमारको ह्याट्रिक प्रदर्शनको मद्दतले स्पेनिस ला लिगामा बार्सिलोनाले लास पाल्मासलाई फराकिलो अन्तरले पराजित गरेको छ। 

आइतबार राती भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ४–१ को अन्तरले पराजित गरेको हो।  खेलको २५औं नेयमारले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै सुआरेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।

दोश्रो हाफको ६३औं मिनेटमा पेड्रो बिगासले पाल्मासका लागि गोल फर्काएपछि खेलमा फर्कने विश्वास गरिएपनि त्यो सम्भव भएन्। नेयमारले पुनः ४ मिनेटको अन्तरमा २ गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे। 

जितसंगै बार्सिलोना र रियल अंक तालिकामा समान ८७ अंकका साथ क्रमशः पहिलो र दोश्रो स्थानमा छन्। रियलले बार्सिलोना भन्दा १ खेल कम खेलेको छ।
 


 

More form the Internet

loading...