Suvadin, Home

बीएनए र ओडिसी विजयी

आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसाल एकेडेमीले दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन्।
प्रतियाेगितामा सहभागी खेलाडीहरू।

काठमाडाैं, जेठ ४ - आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसाल एकेडेमीले दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन्।

बीएनएले ग्रिनल्यानडलाई २७–२४ ले पराजित ग¥यो । बीएनएको जितमा हितेश गुरुङले १३ अंक योगदान गरे । अनिशको १९ अंक सहयोगमा ओडिसीले नव जीवनलाई ३०–१७ ले हरायो।

जुनियर ब्वाइजमै नेपाल मोडेलले निब्सलाई ३४–१२, भ्याली पब्लिकले एन्जल्स हर्टलाई २१–१५, लालीगुराँसले मनासलुलाई ५५–४०, स्किब्सले ज्ञान सिन्धुलाई १५–११ तथा ईडेन ब्रिज एकेडेमी (ईबीए) ले दीपज्योतिलाई ४५–४० ले पन्छाए ।


 

More form the Internet

loading...