Suvadin, Home

भारतकाे दाेस्राे गाेल, नेपाल २-० ले पछाडि

काठमाडाैं, पुस १८ 


चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनल खेलमा नेपाल २-० ले पछि परेकाे छ। खेलकाे ५८ अाैं मिनेटमा भारतकी इन्दुमतिले गाेल गर्दै भारतलाई २-० काे अग्रता दिलाएकी हुन्।

यसअघि पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे थियाे।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेकी थिइन्। 

पहिलाे हाफमा भारत नेपालमाथि हावी देखिए पनि नेपालले डिभेन्डिङ गेम खेल्दै भारतलाई राेक्ने प्रयास गरेकाे थियाे। नेपाली खेलाडीहरूले प्रहार गरेका सटहरू खेर गएका थिए। १६ अाैं मिनेटमा नेपालकी सावित्रा भण्डारीले प्रहार गरेकाे बल भारतकी गाेलकिपर अादिती चाैहानले सुन्दर बचाउ गरिन्। 

त्यस्तै, २४ अाैं मिनेटमा नेपालले अाफ्नाे पहिलाे परिवर्तन गर्याे। सपना लामाका स्थानमा अनिता बस्नेत अाइन्। तर, त्यसले खेलमा केही असर देखिएन्। नेपाल र भारत सेमिफाइनलमा भिडेकाे याे पहिलाेपटक हाे। साफ च्याम्पियनसिपमा यसअघि भएका तीन संस्करणमा नेपाल उपबिजेतामा सीमित भएकाे छ। 

 


 

More form the Internet

loading...