Suvadin, Home
Nepal Telecom 939.9k

एकै अाेभरमा लगालग ५ छक्काले कीर्तिमान बनाएका विनोद

विनाेद भण्डारीले एकै अाेभरमा लगातार ५ छक्का बर्साउँदै ३० रन जाेडेपछि अार्मीकाे कुल याेगफल १ सय ५७ रन बन्याे त्यसमा उनकाे याेगदान २३ बलमा नटअाउट ६७ रनकाे थियाे। याे इनिङले विनाेद फेरि एकपटक नेपाली क्रिकेटका फलाेअरहरू माझ एकाएक ‘पब्लिक बज’काे विषय बनेका छन्।
सन २०१४ मा अाइसीसी विश्वक्रिकेट लिग डिभिजन-३ मा बर्मुडाविरूद्ध व्याटिङका क्रममा विनाेद भण्डारी। फाेटाे साैजन्य : क्रिकइन्फाे

यज्ञराज जोशी, काठमाडाैं, पुस ११


साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता, पुरूष क्रिकेट :  त्रिभुवन अार्मी क्लब भर्सेस मध्यपश्चिमाञ्चल

टस हारेर पहिले ब्याटिङ गरिरहेकाे नेपाल अार्मीलाई मध्यपश्चिमाञ्चलले १९ अाैं अाेभरमा १ सय २५ रनमा राेकेकाे छ। अार्मीले ५ विकेट गुमाइसकेकाे छ। मध्यपश्चिमाञ्चल अार्मीलाई सस्तैमा समेट्ने दाउमा छ भने स्ट्राइकमा साेमपाल कामी र अनस्ट्राइकमा विनाेद भण्डारी छन्। टी-२० खेलमा १ सय २५ रनलाई त्यति ठूलाे स्काेर मनिदैन। टिमलाई जिताउन अार्मीका प्रमुख खेलाडी समेत रहेका विनाेदले ठूला सटहरू लगाउन अावश्यक छ। त्याे अाेभरमा उनले जे गरे, त्याे साताैं खेलकुदकाे अहिलेसम्मकाे इतिहास बनेर रह्ये। यस्ताे थियाे त्याे अन्तिम अाेभर :-

१९.१  ललित प्याकुरेल टु साेमपाल कामी, अाउट,  मध्यपश्चिमाञ्चलका खेलाडी , समर्थक, पवेलिएनमा खुसीकाे सञ्चार (स्ट्राइकमा विनाेद भण्डारी पुगे)

१९.२ ललित प्याकुरेल टु विनाेद भण्डारी, छक्का 

१९.३ ललित प्याकुरेल टु विनाेद भण्डारी, छक्का

१९.४ ललित प्याकुरेल टु विनाेद भण्डारी, छक्का 

१९.५ ललित प्याकुरेल टु विनाेद भण्डारी, छक्का

१९.६ ललित प्याकुरेल टु विनाेद भण्डारी, छक्का  

यसरी विनाेद भण्डारीले एकै अाेभरमा लगातार ५ छक्का बर्साउँदै ३० रन जाेडेपछि अार्मीकाे कुल याेगफल १ सय ५७ रन बन्याे त्यसमा उनकाे याेगदान २३ बलमा नटअाउट ६७ रनकाे थियाे। याे इनिङले विनाेद फेरि एकपटक नेपाली क्रिकेटका फलाेअरहरू माझ एकाएक ‘पब्लिक बज’काे विषय बनेका छन्।

नेपाली नेशनल क्रिकेट टिमका मध्यक्रमका विकेट किपर ब्याट्सम्यान विनाेद भण्डारीले राष्ट्रिय टिममा समेत विस्फाेटक ब्याट्सम्यानकाे परिचय स्थापित गरेका छन्। साताैं राष्ट्रिय प्रतियाेगितामा जारी क्रिकेटमा विनाेदकाे साे पारीले अार्मीलाई दाेस्राे जित दिलायाे। याे इनिङले पछिल्लाे चरणमा राम्राे लयमा नभएकाे अाराेप खेपीरहेका विनाेदले अालाेचकहरूकाे पनि मुख थुनेका छन्।

केही महिना अगाडि काठमाडाैंमा सम्पन्न नेपाल प्रिमियर लिग उनले खेलेकाे अन्तिम मुख्य प्रतियाेगिता थियो। उक्त प्रतियाेगितामा उनकाे कप्तानीमा रहेकाे सगरमाथा लेजेण्डसले एउटा खेल पनि जित्न नसकेपछि उनकाे अालाेचना बढेकाे थियाे। तर, अाजकाे इनिङबाट भने विनाेदले अाफू लयमा रहेकाे प्रमाण पेस गरेका छन्।

विनोद भण्डारीले सन् २००९ मा अबुधाबीमा भएकाे एसीसी टी-२० कप क्रिकेट प्रतियाेगितामा कुवेतविरूद्धको खेलबाट अाफ्नाे अन्तराष्ट्रिय करिअरकाे सुरूवात गरेका थिए। नेपाललाई अन्तिम बलमा ७ रन अावश्यक परेका बेला उनले छक्का प्रहार गर्दै खेल बराबरीमा ल्याएपछि उनले पछाडि फर्केर हेर्नुपरेकाे छैन। कञ्चनपुरकाे महेन्द्रनगरका स्थायी बासिन्दा उनले राष्ट्रिय प्रतियाेगिताअघि विभिन्न उमेर समूहका प्रतियाेगितामा सहभागिता जनाएका छन्।

 

नेपाली नेशनल क्रिकेट टिमका मध्यक्रमका विकेट किपर ब्याट्सम्यान विनाेद भण्डारीले राष्ट्रिय टिममा समेत विस्फाेटक ब्याट्सम्यानकाे परिचय स्थापित गरेका छन्। साताैं राष्ट्रिय प्रतियाेगितामा जारी क्रिकेटमा विनाेदकाे साे पारीले अार्मीलाई दाेस्राे जित दिलायाे। याे इनिङले पछिल्लाे चरणमा राम्राे लयमा नभएकाे अाराेप खेपीरहेका विनाेदले अालाेचकहरूकाे पनि मुख थुनेका छन्।

 

नेपालका तर्फबाट विश्वकप खेल्ने खेलाडीहरूमध्ये एक उनी पनि हुन्। सन २०१४ मा नेपालले बंगलादेशमा भएकाे टी-२० विश्वकपमा सहभागिता जनाउदा उनी त्यसकाे महत्वपूर्ण सदस्य थिए।

यसैवर्षकाे वैशाखमा कीर्तिपुर मैदानमा भएकाे अाइसीसी विश्व च्याम्पियनसिप अन्तर्गतकाे खेलमा नामिबियाविरूद्ध राेमाञ्चक जित निकाल्ने क्रममा विनाेदले शरद भेषवाकरसँग ८४ रनकाे साझेदारी गरेपछि नेपालले जितकाे अाधार खडा गरेकाे थियाे। धरमराएकाे नेपाली पारी उकास्ने क्रममा विनाेदले बनाएकाे ४० रनकाे अभिजित स्काेर अहिले पनि नेपाली क्रिकेट समर्थकले भुलेका छैनन्।

त्यसपछिका नेपाल र बेलायतबीच दैत्य सम्बन्ध स्थापना भएकाे उपलक्ष्यमा इङल्याण्डमा भएकाे मेरिल्याण्ड क्रिकेट क्लबसँगकाे खेल हाेस या अाइसीसी विश्व च्याम्पियनसिपमा मार्चमा भएकाे नेदरल्याण्डसँगका खेलहरू कुनैमा पनि विनाेदकाे ब्याट चलेन। त्यसका प्रमुख कारणमध्येकाे एक थियाे, क्यानकाे अान्तरिक किचलाे र ध्वस्त घरेलु क्रिकेट संरचना।  

नेपाली क्रिकेटकाे व्यवस्थापकीय निकाय नेपाल क्रिकेट संघ क्यान अान्तरिक किचलाेका कारण अन्तराष्ट्रिय क्रिकेट परिषद अाइसीसीकाे निलम्बनमा परेकाे छ। जसका कारण विगत दुई वर्ष लामाे समयदेखि कुनै पनि प्रकारका घरेलु खेलहरू भएका छैनन्।

खेल र खेलाडीकाे विकासका लागि घरेलु प्रतियाेगिता अनिवार्य मानिन्छ तर नेपाली क्रिकेटकाे व्यवस्थापकीय निकाय जिम्मेवार बन्न नसक्दा विनाेद भण्डारीजस्ता थुप्रै नेपाली प्रतिभावान खेलाडीहरूले अाफ्नाे प्रतिभा देखाउन पाइरहेका छैनन् भने नेपाली क्रिकेटकाे साख पनि गिर्दाे छ। साे कुरालाई मध्यनजर राख्दै विश्वकपमा सहभागिता जनाइसकेकाे नेपाली क्रिकेटकाे सान जाेगाइराख्न पनि घरेलु प्रतियाेगिताहरूकाे निरन्तर अायाेजनाकाे अावश्यक छ।


 

More form the Internet

loading...