Suvadin, Home

Cover Image

बिर्तामोड र धुलाबारी उपाधिका लागि भिड्ने

नवज्योति युव क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो। यो जीतसँगै बिर्तामोडले सोमबार हुने फाइनल खेलमा धुलाबारी फुटबल ट्रेनिङसँगको भेटलाई पक्का गरेको हो। धुलाबारीले आयोजकलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो।

देबु बानियाँ, झापा, फागुन ५ – बिर्तामोड युनाइटेड क्लब मेचीनगर–३ बडाखालमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

नवज्योति युव क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

यो जीतसँगै बिर्तामोडले सोमबार हुने फाइनल खेलमा धुलाबारी फुटबल ट्रेनिङसँगको भेटलाई पक्का गरेको हो। धुलाबारीले आयोजकलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो।

खेलको १०औं मिनेटमा धाइजनका विजय लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले वान भर्सेस वानमा गोलरक्षकलाई बिट गर्दै शानदार गोल गरेको थिए। खेलको २७औं मिनेटमा विर्तामोडले पाएको फ्रि–किक पाएको थियो।

उक्त फ्रि–किकलाई जीतका लागि बिर्तामोडका राजन लिम्बूले प्रहार गरेको बलले जाली चुमाउँदै बराबरीमा पुर्याए। ४४औं मिनेटमा बिर्तामोडका सरोज कार्कीले अर्काे गोल गर्दै खेल २–१ को नतिजामा पुर्याए। खेलको ६०औं मिनेटमा पुनः सरोज कार्कीले व्यक्तिगत २ र टिमका लागि ३ गोल गर्दै जीतलाई निश्चित सरह बनाए। 

धाइजनले पाएको २ वटा सुन्दर अवसरले पोल बारमा लागेर फर्केपछि अभाग्य सावित भएको थियो। २८ र ३२ यार्डबाट हानेको दुई वटा प्रहारले पोलबारमा लाग्दै रिबाउण्ड भएपछि धाइजनको फाइनल यात्रा सकिएको थियो।

खेलको म्यान अफ द म्याच बिर्तामोडका सरोज कार्की घोषित भए। उनलाई आयोजकका अध्यक्ष भवानी गिरी, पूर्व अध्यक्ष राजकुमार राय, सदस्य धनराज भण्डारी, सचिव सुमन थापालगायतले पुरस्कार वितरण गरेका थिए।

फाइनल खेलको विजेता टिमले नगद ५१ हजार, ट्रफी र प्रमाण पत्र तथा उपविजेता टिमले नगद ३१ हजार पाउने राजेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार खेलमा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो।


 

More form the Internet

loading...