Suvadin, Home

Cover Image

बंगलादेशको तेस्रो जितसँगै अफगानिस्तान ६२ रनले पराजित 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले जित हात पारेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पारजित गर्दै बंगलादेशले तेस्रो जित हात पारेको हो । 

रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा अल आउट हुँदै मात्र २०० रन बनायो । अफगानिस्तानका लागि शामी उल्लाह शिनवारीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै  कप्तान गुल्बादीन नाइबले ४७ रन जोड्दा रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि शाविब अल हसनले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले २९ रन खर्चेर एक मेडन ओभर पनि फाले । त्यस्तै मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा मोहम्मद सैफुदीन र मोसद्देक हुसैनले समान एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभ खेल्दै ६ विकेटको क्षतिमा २६२ रन बनाएको छ । बंगलादेशका लागि मुश्फिकर रहिमले अर्धशतकीय पारी खेले । ८७ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ८३ रनको बनाए । 

यस्तै साकिब अल हसनले पनि अर्धशतकीय पारी खेल्ने क्रममा टिमका लागि ५१ रनको योगदान गरे । हसनको यो एकदिवसीय क्रिकेटमा ४५ औँ अर्धशतक हो । उनले आज ६६ बलमा एक चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनले विश्वकपमा एक हजार रनसमेत बनाउन सफल भएका छन । 

यता टिमका ओपनर ब्याट्सम्यान लिटन दासले १६ तथा तामिम इकबाल ३६ रन बनाएर आउट हुँदा महमदुल्लाहले २७ रन जोडे भने अन्त्यमा मोसद्देक हुसैनले पनि ३५ रनको योगदान गरेका थिए । 

बलिङतर्फ अफगानिस्तानका मुजीब उर्र रहमानले सर्वा्धिक तीन विकेट हात पारे भने कप्तान गुल्बदीन नइबले २ तथा  मोहम्मद नाबी र दवलत जद्रानको नाममा पनि समान एक-एक  विकेट रह्यो ।


 

More form the Internet

loading...