Suvadin, Home

बक्सिङ डे र प्रिमियर लिगः
१४६ अाैं 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग अन्तर्गत अाज अाठ खेल हुदै

सन् 1871 देखि क्रिसमसकाे पछिल्लाेदिने अन्तिम राैनकका रुपमा बक्सिङ डे युराेपका प्राय सबै मुलुकहरुमा मनाउँदै अार्इएकाे एक चाड हाे। याे चाड विशेषत सपिङ र फुटबलका हिसाबले चर्चित मानिन्छ।
बक्सिङ डेमा समर्थक।

काठमाडाैं, पुस ११ – मंगलबार 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग फुटबल प्रतियाेगिता अन्तर्गत ४ खेल हुदैछन्। प्राय छुट्टीकाे हुँदै अाएकाे याे प्रतियाेगिता यस पटक पनि छुट्टीमै हुन लागेकाे हाे।

सन् 1871 देखि क्रिसमसकाे पछिल्लाेदिने अन्तिम राैनकका रुपमा बक्सिङ डे युराेपका प्राय सबै मुलुकहरुमा मनाउँदै अार्इएकाे एक चाड हाे। याे चाड विशेषत सपिङ र फुटबलका हिसाबले चर्चित मानिन्छ।

म्याचविक २० काे पहिलो खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे टाेटनह्याम र साउथह्यामप्टन बिच हुँदैछ।

टाेटनह्यामले लागि याे खेलमा जीत निकाल्न सके तालिकाकाे चाैथाे स्थानमा उक्लिनकालागि अवसर हुनेछ। त्यसैगरी साउथह्यामप्टनकाे लागि पनि याे खेलकाे नतिजा अाफ्नाे पक्षमा पार्नसके हडर्शफिल्ड सँग अंक बराबरी र्गदै तालिकाकाे ११अाैं स्थानमा जाने माैका हुन सक्छ।

उक्त खेल टाेटनह्यामकाे घरेलु मैदान वेक्बली स्टेडियममा हुँदैछ। त्यस्तै, म्याचविक २० अन्तर्गत 'बक्सिङ डे' का अन्य खेलहरु इंग्ल्याण्डका विभिन्न शहरहरुमा हुँदै छन्।

खेलहरु मध्ये नेपाली समय अनुसार राति पाैने ९ बजे ६ खेल हुदै छन्। तालिकाकाे तेस्रो स्थानमा रहेको डिफेन्डिङ्ग च्यापियन चेल्सीले अाफ्नाे घरेलुु मैदानमा तालिकाकाे १२ अाैं स्थानमा रहेको ब्राइटनकाे सामना गर्दै छ।

चेल्सीलाई खेल जित्दै तालिकाकाे दाेस्राे स्थानमा रहेको युनाईटेड सँग अंक दुरी घटाउनमा तल्लिन रहँदै मैदानमा उत्रिने छ। साेहि समयमा तालिकाकाे दोस्राे स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडले अाफ्नाे घरेलु मैदानमा बर्न्ली सँग खेल्दैछ।

युनाइटेड पनि याे खेलमा विजयी बन्दै चेल्सी सगँकाे ३ अंककाे अंकदुरी कायम राख्दै लिडर सिटीलार्इ पछ्याउन चाहन्छ। सोहि समयमा हुने अन्य खेलहरुमा वर्नमाउथले वेस्ट ह्यामकाे सामना गर्दा हडर्शफिल्ड टाउन स्टाेकविरुद्ध मैदानमा उत्रीने छ।

त्यस्तै, लेस्टर सिटीविरुद्ध वाटफाेर्डले खेल्दा वेस्ट ब्रोमले एभरटनलार्इ प्रतिस्पर्धाकाे निम्तो दिँदैछ। यस्तै म्याचविक २० र 'बक्सिङ डे' काे अन्तिम खेलमा तालिकाकाे चाैथाे स्थानमा रहेकाे लिभरपुलले रेलिगेसन बाट बच्न संर्घषरहत स्वान्सी सिटी सँग भिड्दै छ।

लिभरपुल खेल जित्दै तेस्रो स्थानकाे चेल्सीसँग दुरी घटाउने दाउमा रहेकाे छ। तर, स्वान्सी सिटी पनि रेलिगसन जाेन बाट माथि उक्लिन याे खेल गुमाउने मनस्थितिमा पटक्कै छैन।

स्वान्सीका प्रशिक्षक लियोन ब्रिट्टाेनले पत्रकार सम्मेलन मार्फत अाफ्नाे क्लब खेल जित्नै दबाब सहित मैदानमा उत्रिने अभिव्यक्ति दिएका छन्। लिभरपुल र स्वान्सी सिटीबीचकाे खेल लिभरपुलकाे घरेलु मैदान एन्फिल्डमा हुँदैछ।


 

More form the Internet

loading...