Suvadin, Home

त्रिदेशीय मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता पुसको अन्तिम साता

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले सर्वाधिक सफल खेल भए पनि पछिल्लो समय अपेक्षाकृत नतिजा निकाल्न नसकेको अवस्थामा खेलाडीको विकासका लागि प्रतियोगिता गर्न लागेको बताए।

काठमाडौं, २७ मंसिर – नेपाल, भारत र भुटानका खेलाडीको सहभागितामा पुसको अन्तिममा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ।

बोसिगाउँ बक्सिङ क्लबको आयोजनामा तीन देशबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको हो।

पुस २५ र २६ गते चन्द्रागिरी नगरपालिकामा हुने प्रतियोगितामा भारतको हरियाणा राज्यको बक्सिङ टोली, भुटानको राष्ट्रिय टोली र नेपालबाट ‘ए’ र ‘बी’ गरी दुई टोली सहभागि हुने आयोजक बोसिगाउँ क्लबका अध्यक्ष दीपक महर्जनले जानकारी दिए।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले सर्वाधिक सफल खेल भए पनि पछिल्लो समय अपेक्षाकृत नतिजा निकाल्न नसकेको अवस्थामा खेलाडीको विकासका लागि प्रतियोगिता गर्न लागेको बताए।

पुरुष र महिला गरी ११ तौल समूहमा हुने प्रतिस्पर्धामा प्रत्येक टिमबाट ११ जना खेलाडीले सहभागिता जनाउने आयोजकले बताएको छ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६९ र ७५ केजीमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष महर्जनले बताए।

प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ उपविजेताले १० हजार र तेस्रो हुने दुई खेलाडीले जनही ५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्। 


 

More form the Internet

loading...