Suvadin, Home

‘क्याम्प’ जनवरी अन्तिममा

अागामी मार्च ११ र १३ गते त्रिभुवन विश्व विधालय क्रिकेट मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतकाे खेलकाे लागि नेपाली क्रिकेट टाेलीकाे बन्द प्रशिक्षण (क्याम्प) अाउँदाे जनवरी अन्तिम साता अायाेजना गर्ने प्रारम्भिक लक्ष्य लिइएकाे छ।

काठमाडाैं, पुस २२


अागामी मार्च ११ र १३ गते त्रिभुवन विश्व विधालय क्रिकेट मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतकाे खेलकाे लागि नेपाली क्रिकेट टाेलीकाे बन्द प्रशिक्षण (क्याम्प) अाउँदाे जनवरी अन्तिम साता अायाेजना गर्ने लक्ष्य लिइएकाे छ।

केन्यासँगका दुबै खेलमा जित निकाल्नु नेपालका लागि निकै अावश्यक भएकाले क्याम्पकाे मिति चाँडाे घाेषणा गरिने नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमटाले बताए। ‘हामीले झण्डै डेढ महिनाकाे क्याम्प राख्ने प्रारम्भिक साेच बनाएका छाैं,’ प्रशिक्षक टमटाले भने, ‘त्यसका लागि अावश्यक प्रपाेजलहरू अाइसीसीलार्इ पठाइने र प्रपाेजल पास भए जनवरी अन्तिम साताबाट क्याम्प सुरू हुने सम्भावना छ।’ 

साताैं राष्ट्रिय प्रतियाेगिताझैं सात विकास क्षेत्र र तीन विभागीय टाेलीबीच काठमाडाैंमा प्रतिस्पर्धा गरार्इ बन्द प्रशिक्षणका लागि खेलाडी छनाैट गर्ने साेच बनाइएको उनले बताए। ‘यदि अाइसीसीले हाम्राे अवधारणामा सहमति जनाएमा साेही बमाेजिम हुनेछ,’ उनले थपे। 

डेढ महिनाकाे क्याम्पकाे प्रपाेजलमा १५ दिन फिटनेश तथा बाँकी एक महिना खेलमार्फत अाफ्नाे क्षमता विकासमा ध्यान दिइने उनकाे भनाइ छ। क्याम्पबाट खेलाडी छनाैट भइसकेपछि अाफूहरू भारत गएर पनि अभ्यास खेल खेल्न सक्ने उनले बताए। केही दिनमा यस क्याम्पकाे मितीकाे विषयमा टुंग्याे लाग्ने उनले दाेहाेर्याए। 

अाठ टाेली सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल नेपाल छैठाैं स्थानमा छ भने केन्या पाचाैं स्थानमा रहेकाे छ। नेपालले हालसम्म खेलेका ८ खेल मध्ये ५ वटामा हार र ३ वटामा मात्र जित निकाल्न सकेकाे थियाे। नेपालले नामिबियासँगका दुर्इ खेल घरेलु मैदानमा र नेदरल्याण्डसँगकाे एक खेल उसैकाे मैदानमा खेलेकाे छ।

आठ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष चार टिम विश्वकप छनोट खेल्न पाउनेछन्। शीर्ष चारमा स्थान बनाउनका लागि हाल छैठाैं स्थानमा रहेकाे नेपालले केन्यासँग घरेलु मैदानमा हुने प्रतियाेगिताहरू जित्नै पर्ने दबाव भएकाले छिटाे भन्दा छिटाे क्याम्प सुरू हुनु अावश्यक रहेको टमटाले बताए। 

 


 

More form the Internet

loading...