Suvadin, Home

च्याम्पियन्स लिगकाे क्वाटरफाइनल समीकरण पूरा

अन्तिम १६ काे दाेस्राे लेगमा बराबरीकाे नतिजाले पनि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ। बुधबार राति भएको खेलमा बार्यन लेभरकुशनसँग गोलरहित बराबरी खेलेको एथ्लेटिको मड्रिड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।
च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा प्रवेश गरेका क्लबहरू।

काठमाडाैं, चैत्र ३ - अन्तिम १६ काे दाेस्राे लेगमा बराबरीकाे नतिजाले पनि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ। बुधबार राति भएको खेलमा बार्यन लेभरकुशनसँग गोलरहित बराबरी खेलेको एथ्लेटिको मड्रिड समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।

घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरी खेलेको एथ्लेटिकोले यसअघि भएको पहिलो लेगमा ४–२ को जित निकालेको थियो। त्याे जित नै मड्रिडकाे क्वाटरफाइनलमा पुग्ने अाधार बन्याे।

एथलेटिकाेकाे जितसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। शुक्रबार सार्वजनिक हुने क्वाटरफाइनलकाे ड्र मा मोनाको,  एथ्लेटिको मड्रिड, रियल मड्रिड, बार्सिलोना, लेस्टर सिटी, बार्यन म्युनिख, युभेन्टस र बोरुसिया डर्टमुण्डबीच समावेश हुनेछन।


 

More form the Internet

loading...