Suvadin, Home

लगातार १२ जीतका साथ चेल्सीले ताेड्याे अाफ्नै कीर्तिमान

इङ्लिस प्रिमियर लिगकाे जारी सिजनमा लगातार १२ अाैं जित निकाल्दै चेल्सीले अाफ्नै क्लब कीर्तिमान भंग गरेकाे छ। सोमबार राति भएकाे खेलमा बोर्नमाउथलाई ३-० ले स्तब्ध पार्दै चेल्सीले नयाँ कीर्तिमान कायम गरेकाे हाे। यसअघि सन सन् २००९ मा चेल्सीले लगातार ११ खेलमा जित दर्ता गरेकाे थियाे।
गाेल गरेपछि खुसीयाली मनाउँदै चेल्सीका खेलाडीहरू। तस्बिर : एजेन्सी

काठमाडाैं, पुस १२


इङ्लिस प्रिमियर लिगकाे जारी सिजनमा लगातार १२ अाैं जित निकाल्दै चेल्सीले अाफ्नै क्लब कीर्तिमान भंग गरेकाे छ। सोमबार राति भएकाे खेलमा बोर्नमाउथलाई ३-० ले स्तब्ध पार्दै चेल्सीले नयाँ कीर्तिमान कायम गरेकाे हाे। यसअघि सन सन् २००९ मा चेल्सीले लगातार ११ खेलमा जित दर्ता गरेकाे थियाे।

 चेल्सीले लगातार १२ औं जित दिलाउने क्रममा पेड्राे र इडन हजार्ड नायक रहे। पेड्राेले पहिलाे हाफकाे २४ अाैं मिनेटमा गाेल गर्दै चेल्सीलाई  सुरूवाती अग्रता दिलाए। पहिलाे हाफमा १-० गाेलअन्तरले अगाढी रहेकाे चेल्सीलाई दाेस्राे हाफकाे ४ मिनेट नबित्दै इडन हजार्डले दाेस्राे गाेल गर्दै अग्रता दाेब्बर तुल्याए। अन्तिम गाेल भने चेल्सीले उपहार स्वरूप पायाे । बोर्नमाउथका कुकले इन्जुरी समयमा आत्मघाती गोल गरेर पछि खेलमा चेल्सी ३-० ले विजयी भयाे। 

जितसँगै शीर्ष स्थानमा रहेकाे चेल्सीको १८ खेलबाट ४६ अंक भएको छ। याे सँगै चेल्सी दाेस्राे स्थानमा रहेकाे म्यानचेस्टर सिटी भन्दा ७ अंकले अघि छ।  चेल्सीले लगातार १२ जीत निकाल्ने क्रममा याे सिजनमा हलसिटी, लिसेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, इभर्टन, मिडिल्सबर्ग, टेटाेनह्यम, म्यानचेस्टर सिटी, वेस्टबर्म, सण्डरल्याण्ड, क्रिस्टर प्यालेस र बाेर्नमाउथलाई पराजित गरेकाे हाे।

 


 

More form the Internet

loading...