Suvadin, Home
Citizen Bank 392.8k
Bridge Water

चेल्सीकाे जीतमा हाजार्डकाे २ गाेल

चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजितासँगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किएको छ। खेलको २५औं मिनेटमा गाेल गर्दै चेल्सीका बेल्जीयन फर्वाड इडेन हाजार्डले घरेलु टाेलीलार्इ अग्रता दिलाएका थिए।
गाेल गरेपछि चेल्सीका हाजार्ड र जिरुड।

काठमाडाैं १ फागुन – प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी विजयी भएकाे छ। चेल्सीकाे घरेलु मैदान स्टाम्फाेर्ड ब्रिजमा भएकाे खेलमा घरेलु टाेली ३-० गाेल अन्तरले विजयी भएकाे हाे।

चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजितासँगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किएको छ। खेलको २५औं मिनेटमा गाेल गर्दै चेल्सीका बेल्जीयन फर्वाड इडेन हाजार्डले घरेलु टाेलीलार्इ अग्रता दिलाएका थिए।

जनवरी ट्रान्सफर विण्डाेमा अार्सनलबाट अाएका फ्रान्सेली फर्वाड अाेलीभर जिरुडकाे पासमा हाजार्डले गाेल गरेका थिए। पहिलाे हाफ १–० काे नतिजामा टुंगिएकाे खेलको ६३औँ मिनेटमा चेल्सीका लागि दोस्रो गोल रक्षापंतीका खेलाडी भिक्टर मोजेसले गरे।

उनले गरेको प्रहार विपक्षी खेलाडीको खुट्टामा लाग्दै दिशा परिवर्तन गर्दै गाेलमा परिणत भएकाे हाे। चेल्सीकाे जीत सुनिश्चित गर्न ७१औं मिनेटमा हाजार्डले व्यक्तिगत गाेल गरेका थिए।