Suvadin, Home

पिपिएल क्रिकेटको उपाधि पोखरा पल्टनलाई

आज भएको फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको छ। सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेता पोखराले ट्रफीसहित रु २७ लाख तथा उपविजेता चितवनले रु १० लाखमा चित्त बुझायो। पोखरा रङ्गशालामा भएको अत्यन्तै रोचक खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले अन्तिम ओभरको दोस्रो बलमा पूरा गरेको थियो।

कास्की, २० कात्तिक – पोखरा प्रिमियर लिग पिपिएल क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले हात पारेको छ।

आज भएको फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको छ। सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेता पोखराले ट्रफीसहित रु २७ लाख तथा उपविजेता चितवनले रु १० लाखमा चित्त बुझायो। पोखरा रङ्गशालामा भएको अत्यन्तै रोचक खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले अन्तिम ओभरको दोस्रो बलमा पूरा गरेको थियो।

पिपिएलको उपाधि हात पार्ने क्रममा घरेलु टोलीका रवीइन्दर सिँहले उत्कृष्ट ब्याटिङ गरे। खेलमा ९० रनको योगदान दिएका सिँहले ५८ बलमा तीन छक्का र १३ चौका प्रहार गरेका थिए। त्यस्तै मोहम्मद नाभिदले २५ तथा शरद भेषवाकरले २२ रन जोडेका थिए। खेलको १९औँ ओभरमा दुई विकेट लिँदै चितवन खेलमा फर्कन खोजे पनि अन्तिम ओभरको दोस्रो बलमा पोखराका विनोद भण्डारीले चौका प्रहार गर्दै उपाधि पक्का गरेका थिए।

चितवनका कप्तान पारस खड्काले ५१ रनको अर्धशतक तथा सन्नी पटेलले २१ बलमा ४३ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन्। यही कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ टोलीले सहभागिता जनाएका थिए। चितवनका सन्नी पटेल प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदै मोटरसाइकल पुरस्कार प्राप्त गरे। उत्कृष्ट बलर चितवनका करन केसी तथा उत्कृष्ट ब्याट्सम्यानको उपाधि काठमाडौं रोयल्सका गौरव तोमरले जित्दै एक-एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाए।

पोखराका ललितनारायण राजवंशी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर बन्दै रु एक लाख एक हजार तथा पोखराकै रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै रु ५० हजार जित्न सफल भए। विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले पुरस्कार प्रदान गरेका थिए।


 

More form the Internet

loading...