Suvadin, Home

सपना
छाेरालार्इ क्रिकेटर बनाउने सपना

नेपाली क्रिकेटको बर्तमान निलम्बन भएको अवस्था देखेर छोराको भविष्य अन्यौल हुने पो हो कि भन्ने चिन्ता पनि लाग्छ। नेपालभन्दा पछि क्रिकेट सुरु गरेको अफगानिस्तानले वान डे स्टाटस पाएको छ। स्तर निकै सुधारेको छ। तर, व्यवस्थापकिय कमजोरीले नेपाली क्रिकेटले पाएको सफलता पनि इतिहास नै बन्ने हो कि भन्ने डर पनि छ। त्यसैले, मजस्ता आफ्ना सन्ततीलाई क्रिकेटर बनाउँन चाहाने अभिभावकलाई ढुक्क भई छोराछोरीमा लगानी गर्ने बातावरण सरकार तथा सरोकारवाला निकायले बनाईदेओस भन्ने म चाहान्छु। 
बिन राना।

मेरो नाम बिन राना। मैले मेरो छोरालाई क्रिकेटर बनाउँने सपना बुनेकोे छु। मेरो छोरो अहिले पाँच बर्षको भयो। अर्को बर्षबाट मैले छोरालाई क्रिकेट प्रशिक्षणका लागि एकाडेमी पठाउने सोच बनाएको छ। 

छोरोको रुची पनि क्रिकेटप्रति त्यत्तिकै छ। त्यसलाई राम्रो क्रिकेटर बनाउँने मैले सोचिसकेको छु। उ राष्ट्रिय प्लेयर बनोस भन्ने चाहान्छु । देशका लागी उपाधी ल्याओस भन्ने मेरो सपना छ। त्यसका लागि उसलाई आवश्यक पर्ने प्रशिक्षण, समय र खेल सामाग्रीको मैले कमी राख्ने छैन्। 

छोरो पाँच बर्षको भएपनि उ शरिरिक रुपमा आठ÷नौ बर्षको झै छ। विहान हामी दुवै वुवाछोरा एक्स्ररसाईज पनि गर्छौ। विहानको समयमा दुईतिन जना मिलेर क्रिकेट खेल्ने पनि गरेका छौ। त्यसले पनि उसको क्रिकेटतर्फको क्रेज बढीरहेको मैले महशुस गरेको छु। छोरोले बलिङ भन्दा पनि ब्याटिङ रुचाउने गर्छ। नेपाली टिममा देखिने ब्याटिङ समस्यालाई भविष्यमा छोरोले गर्नेछ भन्ने मलाई लागेको छ। 

देशैभरि महिला क्रिकेट एकेडेमी स्थापना गर्ने सपना 

मेरो आफ्नो सपना पनि क्रिकेटर बन्ने थियो। तर, घरायसी परिस्थिती लगायत अन्य कारणले मैले क्रिकेटलाई निरन्तरता दिन सकेन्। म अहिले पनि निरन्तर क्रिकेटलाई फलो गर्छु। छोराले पनि क्रिकेटप्रति रुची देखाएकाले म निकै उत्साहित पनि छु। बुवाको क्रिकेटर बन्ने अधुरो सपनालाई छोराले पुरा गर्नेछ भन्ने मलाई लागेको छ। 

नेपाली क्रिकेटको बर्तमान निलम्बन भएको अवस्था देखेर छोराको भविष्य अन्यौल हुने पो हो कि भन्ने चिन्ता पनि लाग्छ। नेपालभन्दा पछि क्रिकेट सुरु गरेको अफगानिस्तानले वान डे स्टाटस पाएको छ। स्तर निकै सुधारेको छ। तर, व्यवस्थापकिय कमजोरीले नेपाली क्रिकेटले पाएको सफलता पनि इतिहास नै बन्ने हो कि भन्ने डर पनि छ। 

त्यसैले, मजस्ता आफ्ना सन्ततीलाई क्रिकेटर बनाउँन चाहाने अभिभावकलाई ढुक्क भई छोराछोरीमा लगानी गर्ने बातावरण सरकार तथा सरोकारवाला निकायले बनाईदेओस भन्ने म चाहान्छु। 
 


 

More form the Internet

loading...