Suvadin, Home

४३ जिल्लामा काेकाकाेला कप हुने

तीन तहमा विभाजन गरिएकाे प्रतियाेगितामा विभिन्न एक जिल्लाका विभिन्न ३५ वटा विद्यालयहरूकाे सहभागिता रहनेछ। प्रतियाेगिताकाे जिल्लातह अषाढ २३ गते देखि सुरू भइ साउन १३ गतेसम्पन्न हुने अायाेजकले जनाएकाे छ। त्यस्तै क्षेत्रिय तहकाे प्रतियाेेगितामा विभिन्न ५ वटा क्षेत्रहरू ६ वटा स्थानमा प्रतिस्पर्धा गर्नेछन्। क्षेत्रिय स्तरकाे प्रतियाेगिता श्रावण २९ बाट सुरू भइ भाद्र ९ सम्म चल्नेछ। अन्तिम तहकाे प्रतियाेगिता भाद्र २३ गते देखि असाेज १ गतेसम्म हुने जनाइएकाे छ।

काठमाडाैं, अषाढ १ - युवा तथा खेलकुद मन्त्रालय र अखिल नेपाल फुटबल संघ एन्फाकाे अायाेजना तथा काेकाकाेलाकाे प्रायाेजनमा काेकाकाेला कप २०७४ काे अायाेजना हुने भएकाे छ। देशका विभिन्न ४३ वटा जिल्लामा हुने प्रतियाेगिता ग्रासरूट लेभलकाे क्रिकेट विकासका लागि महत्वपुर्ण हुने अायाेजककाे दाबी छ। 

 

तीन तहमा विभाजन गरिएकाे प्रतियाेगितामा विभिन्न एक जिल्लाका विभिन्न ३५ वटा विद्यालयहरूकाे सहभागिता रहनेछ। प्रतियाेगिताकाे जिल्लातह अषाढ २३ गते देखि सुरू भइ साउन १३ गतेसम्पन्न हुने अायाेजकले जनाएकाे छ। त्यस्तै क्षेत्रिय तहकाे प्रतियाेेगितामा विभिन्न ५ वटा क्षेत्रहरू ६ वटा स्थानमा प्रतिस्पर्धा गर्नेछन्। क्षेत्रिय स्तरकाे प्रतियाेगिता श्रावण २९ बाट सुरू भइ भाद्र ९ सम्म चल्नेछ। 

 

अन्तिम तहकाे प्रतियाेगिता भाद्र २३ गते देखि असाेज १ गतेसम्म हुने जनाइएकाे छ। प्रतियाेगिता काठमाडाैंमा हुनेछ। काेकाकाेला कपकाे सुरूवात २०६३ सालमा भएकाे थियाे। प्रतियाेगिताका उत्कृष्ट खेलाडीहरूलार्इ एन्फाले अाफ्नाे एकेडेमीमा विशेष प्रशिक्षणकाे व्यवस्था गर्ने गर्दछ।

 

 


 

More form the Internet

loading...