Suvadin, Home
Nepal life 1.818M

काेपा डेल रे फाइनलमा बार्सा र सेभिल्ला भिड्ने

समग्रमा ३-० को जीत निकाल्दै बार्सिलोना फाइनल पुगेको हो। भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोना २-० ले विजयी रह्यो। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा टुंगिएकाे खेलमा दुबै गाेल दाेश्राे हाफमा भएका हुन्।
गाेल गरेपछि फिलिप काउटिन्हो

काठमाडाैं २६ माघ – स्पेनिस कप प्रतियाेगिता कोपा डेल रेकाे सेमिफाइनलकाे समिकरण पूरा भएकाे छ। साेही प्रतियाेगिता अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा सेभिल्लासँग भेट पक्का गरेकाे छ।

समग्रमा ३-० को जीत निकाल्दै बार्सिलोना फाइनल पुगेको हो। भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोना २-० ले विजयी रह्यो। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा टुंगिएकाे खेलमा दुबै गाेल दाेश्राे हाफमा भएका हुन्।

खेलकाे ४९अौं मिनेटमा फिलिप काउटिन्होले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर इभान राकिटिचले गोल गर्दै जीत सुनिश्चि्रत गरेका थिए। दुबै गोलमा लुइस सुअारेजले असिस्टे दिएका हुन्।

पहिलो लेगकाे खेल पनि बार्सिलोनाले १-० ले अाफ्नाे पक्षमा पारेकाे थियो। बार्सिलोनाले उपाधि भिडन्तमा सेभिल्लाको सामना गर्नेछ। सेभिल्लाले लेगानेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

डिफेन्डिङ च्याम्पियन बार्सिलोना यस पटक सहित लगातार पाँचौं पटक कोपा डेल रे फाइनलमा पुगेकाे हो। पछिल्लो तीन सिजन उपाधि जितेको बार्सिलोना चौथो पटक उपाधि जित्ने दाउमा छ।


 

More form the Internet

loading...