Suvadin, Home

आईसीसीको नयाँ वरियताक्रममा सन्दीप लामिछाने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयताक्रममा कोहली शीर्ष स्थानमा कायम रहेका हुन्। आईसीसीले निकालेको नयाँ वरियतामा कोहलीले ८८७ अंक प्राप्त गरेका छन्।

काठमाडौं,२२ माघ- भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरियतामा शीर्ष स्थानमा पर्न सफल भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयताक्रममा कोहली शीर्ष स्थानमा कायम रहेका हुन्। आईसीसीले निकालेको नयाँ वरियतामा कोहलीले ८८७ अंक प्राप्त गरेका छन्।

कोहलीले भारतकै रोहित शर्मालाई पछि पार्दै शीर्ष स्थानमा कायम रहन सफल भएका हुन्। वरियताको दोस्रो स्थानमा रहेका रोहितले ८५४ अंक प्राप्त गरेका छन्।

एकदिवसीय क्रिकेटको बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा यथावत रहेका छन्। उनले ८०८ अंक पाएका छन्। बलिङतर्फ दोस्रो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले ७८८ अंक जोडेका छन् भने न्युजिल्यान्डका ट्रेण्ड बोल्ट ७३२ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

भारतका कुलदीप यादव र भारतकै युजभेन्द्र चाहल पाँचौ स्थानमा रहेका छन्। बलिङतर्फ नेपालका सन्दीप लामिछाने १३४ औं स्थानमा रहेको आईसीसीले जनाएको छ।

आईसीसीले निकालेको राष्ट्रको वरियतामा नेपाल पहिलो पटक समावेश भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा परेको हो।

युएईविरुद्धको सिरिज जितपछि नेपालले वरियताको १४ औं स्थान हासिल गरेको छ।एजेन्सी 


 

More form the Internet

loading...