Suvadin, Home

नेपाल भारतसँग सात विकेटले पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ ।

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ ।

नेपालले बिहीबार सावरमा भएको पहिलो खेलमा भारतसित ७ विकेटको हार व्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको राष्ट्रिय टिमले ४४ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १९३ रन बनाएको थियो ।

पवन सर्राफले ४९ बलमा ५६ तथा शरद भेषावकरले ७६ बलमा ४४ रन जोडे ।

भारतका सौरभ दुबेले ४ विकेट लिए ।

जवाफमा भारतको २३ वर्षमुनिको राष्ट्रिय टिमले ४२ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

सन्भिर सिंहले ५६ तथा अर्मान जाफरले अविजित ५१ रन बनाए ।

नेपालका करण केसी, ललित राजवंशी र सुशन भारीले एक/एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले अब शनिबार हङकङसित खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसित मंसिर २ गते खेल्नेछ ।

८ टिम सहभागी प्रतियोगिताका समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

भारतसित हारे पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै छ ।


 

More form the Internet

loading...